'जानकी नवमीमा केक काटेका होइनौ, त्यो भक्तको प्रसाद थियो' : छोटा महन्थ
यता, आज (शुक्रबार) वैशाख १९ गते नै जानकी जन्मोत्सव मनाइएपछि नगरवासी असमञ्जसमा परेका हुन ।

२०७७ बैशाख १९ शुक्रबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जानकी मन्दिरमा जानकी नवमीको अवसरमा केक काटिएको तस्विरहरु समाजिक सँजालमा देखिएपछि महन्थद्धयको कडा आलोचना भएको छ ।
समाजिक सञ्जालमा मन्दिरका छोटा महन्थ केक बोकेको र बाँडदै गरेको तस्विरहरु सार्वजनिक भएपछि आलोचना गरिएको हो ।
छोटे महन्त दासले जानकी नवमीको अवसरमा मन्दिरमा केक काटेर साधुसन्त सहित श्रद्धालुहरुमा बाँडेको भनेर लेखिएको छ । जस लगत्तै समाजिक सँजालमा अनेकानेक टिकाटिप्पणी पनि भएको छ ।
यससँगै, समाजिक सँजाल प्रयोगकर्ताहरुले तथा जनकपुरका साहित्य विदहरुले जानकी लाई आधुनिकतामा ल्याएको आरोप पनि लगाएका छन् ।
समाजिक सँजालमा महन्थले आज दिनमा केक काटेपछि रातीमा मन्दिरभित्रै डिस्को र रात्रीभोज (नाइट पार्टी) गर्ने भनेर व्यँग समेत गरिएको छ । जनकपुरका अनुभवी पत्रकार एवम् साहित्यकार समेत रहेका श्याम सुन्दर शशिले यो कुरा आफ्नो फेसबुकमा लेखेका छन् ।
जनकपुरधाम सहित तराई मधेशमा सबभन्दा बढी प्रयोग हुने जानकी भित्तेपात्रो (कलेण्डर) सहित सवै पात्रोमा जानकी नवमी २० गते मनाइने उल्लेख छ तर एकाएक १९ गते नै जानकी नवमी मनाइएकोप्रति पनि खेद प्रकट गरिएको छ ।
समाजिक सँजाल र केही समाचार माध्यमहरुमा आलोचना भएपछि मन्दिरका छोटा महन्थ दासले आफ्नो फेसबुक मार्फत मन्दिरमा काटिएको केक मन्दिरको तर्फबाट नभइ एक जना श्रद्धालुले भेटी चढाउनको लागि मात्र ल्याएको स्पष्टोक्ती दिएका छन् ।
उनले मन्दिरमा प्रसादको रुपमा चढाउन ल्याएको केक उपर तुलसी जल छर्केर भेटी स्वीकार गरिएको बताएका छन् । समाजिक सँजालमा सीता र जानकी मन्दिरलाई समेत आधुनिकता तर्फ लग्दै गरेको भनेर टिकाटिप्पणी गरिएको छ ।
यता, आज (शुक्रबार) वैशाख १९ गते नै जानकी जन्मोत्सव मनाइएपछि नगरवासी असमञ्जसमा परेका हुन ।
सहायक महन्थ दासले नै पोष्ट गरेको हिन्दु विश्व हिन्दु परिषदको विज्ञप्तीमा समेत २० गते साँझ ७ बजे विशेष आरती र पुजापाठ तथा दिपोत्सव सहितका धार्मिक गतिविधी गर्न आग्रह गरिएको देखिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…