बोर्डरमा टाइट सुरक्षा, तैपनि भारतको हरियाणाबाट कसरी आए यी दुई युवक ?
भारतीय प्रहरीले भारतबाट नेपाल जाने भनेपछी त्यति बास्ता नगरि नेपाल आउन दिइरहेको एक स्थानियले बताए।

२०७७ बैशाख १८ बिहीबार, राति ८:५९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । कोरोना भाईरस (कोडिभ–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारत दुवै देशले लकडाउन गरेको छ ।
दुवै देशविच सीमा क्षेत्रमा आवत जावत पूर्णरूपमा बन्द गर्ने सहमती अनुसार कडाई गरिएको छ । दुईतिर भारतसंग सीमा जोडिएको रौतहटको समेत सीमा क्षेत्रमा कडाई गरीएको छ ।
सशस्त्र प्रहरी बल लगायत नेपाल प्रहरीले सीमा क्षेत्रमा थप जनशक्ति परिचालन गरेर सीमा क्षेत्रमा उच्च कडाई एव निगरानी गरेको छ ।
यसै बिच भारतका हरियानाबाट आएका रौतहट देवाही गोनाही नपा गोनाहीको एक र गरुडा नपा ५ जिङगडियाको एक गरि दुई युवकलाई सदरमुकाम गौर नपाको बिपि चोकबाट नियन्त्रणमा लिइ पुनः भारतीय सिमा सुरक्षा बलको जिम्मा लगाइएको छ।
हरियानाबाट १० दिन देखि हिडेर उनिहरु खुल्ला सिमा नाकाको फाइदा उठाइ लालबकैया खोलाको किनारबाट चोर नाका हुँदै बिपि चोक सम्म आइसकेका थिए।
उनीहरुलाई उत्तै भारतका क्वारेन्टाईनमा राखिने हिसाबले जिम्मा लगाइएको हो। सुरक्षा टोलि गस्ती भएर पनि भारतबाट नेपाल कसरी पस्यो होला ? भन्ने प्रश्न हजुरको होला ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…