लकडाउनमै बम विस्फोट, ४ बालबालिकाको मृत्यू !
के कति कारणले घटना भयो केही समयपछि थाहा हुने उहाँले जानकारी दिनुभयो ।

२०७७ बैशाख १८ बिहीबार, राति ८:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रोल्पा । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् ।
गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए ।
उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी–२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेको उहाँले जानकारी दिनुभयो ।
घटनास्थलमा बम पनि रहेकाले डिस्फोजका लागि दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो ।
घटना भएको प्रहरीले पुष्टी गरेको छ । घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताउनुभयो ।
के कति कारणले घटना भयो केही समयपछि थाहा हुने उहाँले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…