बाराको दुई स्थान शील, ७ जना आइसोलेशनमा !
वडा नं. १९ को मदरसा वरपरको टोल र स्थानलाई प्रशासनले पूर्णत शील गरिदिएको छ ।

२०७७ बैशाख १८ बिहीबार, दिउँसो ३:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को बारा जिल्लाको दुई स्थानलाई प्रशासनले शील गरेको छ । यसका साथै ट्रयासिँग समेत सुरु गरेको छ ।
एकैदिन दुई जनामा कोरोना संक्रमण देखिएपछी उनिहरु रहँदै आएको स्थान सिल गरिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर- ७ जीतपुर र वडा नम्बर - १९ ईनरुवासिरामा बस्दै आएका दुई जनामा संक्रमण भेटिएपछी प्रशासनले उक्त क्षेत्र सिल गरि उनिहरुको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरेको छ ।
जीतपुरका ४३ वर्षिय पुरुषको परिवारलाई घरमै एकान्तबासमा बस्न भनिएको छ भने सिम्रौनगढ घर भई ईनरुवासिरास्थित मस्जीदमा बस्दै आएका ३५ वर्षिय मुस्लीम धर्मगुरुका सहयोगी १७ वर्षिय युवकलाई उपमहानगरको कोरोना विशेष अस्थाई अस्पतालको आईसोलेसनमा राखिएको छ ।

अहिले वडा नं. १९ को मदरसा वरपरको टोल र स्थानलाई प्रशासनले पूर्णत शील गरिदिएको छ ।
उनि बस्दै आएको मस्जीदको वरीपरीको क्षेत्रमा पूर्ण रुपमा आवतजावत बन्द गरि सम्पर्कमा आएकाहरुको पहिचान सुरु गरिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिएका छन् ।
यसका साथै, सँक्रमित दुई जनाको सम्पर्कमा आएका ७ जनालाई आईसोलेसनमा राखिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ४३ बर्षिय पुरुषको परिवारका पाँच जना सदस्यहरुलाई आइसोलेशनमा राखिएको हो ।
त्यस्तै, सिम्रौनगढ घर भई जीतपुरसिमरा १९ स्थित बस्जीदमा बस्दै आएका ३१ बर्षिय पुरुषका यहयोगी दुई जनालाई सिमरास्थित कोरोना विशेष अस्थाई अस्पतालको आईसोलेसनमा राखिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले जानकारी दिए ।
आईसोलेसनमा भर्ना गरिएको उनिहरुमा कोरोना संक्रमण परिक्षणका लागि थ्रोट स्वाब संकलन भैरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
संक्रमित दुबैजनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ ।
उनिहरु बस्दै आएको क्षेत्रलाई सिल गरि प्रशासनले सम्पर्कमा आएकाहरुको पहिचानका लागि कन्ट्याक ट्रेसिङको काम सुरु गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…