रहेनन बलिवुडका हस्ती 'ऋषी कपुर' !
भारतीय मिडिया आजतकका अनुसार उनको आज ६७ वर्षको उमेरमा निधन भएको हो ।

२०७७ बैशाख १८ बिहीबार, बिहान १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । बलिवुड जगतका स्मार्ट बोय मानिएको अभिनेता ऋषी कपुरको पनि आज निधन भएको छ ।
हिजो मात्र बलिवुडका अर्का हस्ती इरफान खानको निधनपछि स्तब्ध भएका बलिवुड जगत आज पुनः एक हस्ती गुमाएको छ ।
भारतीय मिडिया आजतकका अनुसार उनको आज ६७ वर्षको उमेरमा निधन भएको हो ।
बलिवुडमा ऋषी कपुर कैयौं सुपर डुपर हिट फिल्म दिएका छन् । बलिवुडको फिल्म जगतमा उनलाई स्मार्ट बोयको रुपमा चिनिएको हो ।
बलिवुडका महानायक अभिताभ बच्चनले टवीट गर्दे आफू पूर्णत भाँचिएको प्रतिक्रिया दिएका छन् । ईरफान खान त्यसपछि २४ घण्टा नबित्दै ऋषी कपुरको मृत्यूपछि आफू टुटेको बताएका छन् ।
बलिवुड जगतका अभिनेता एवम् हस्तीहरु टवीट गर्दै यसप्रति दुख जनाएका छन् । बलिवुडका हस्तीहरुमा एकपछि अर्कोको निधन भएपछि सिँगो सिने जगत नै स्तब्ध भएको छ ।
बुधबार उनलाई एचएन रिलायन्स हस्पिटलमा भर्ती गरिएको थियो । उनका भाइ रन्धीरका अनुसार उनलाई साँस लिनमा समस्या भइरहेको थियो । विस्तृत आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…