लकडाउनमा आफ्नै बहिनीलाई बलात्कार !
महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

२०७७ बैशाख १८ बिहीबार, बिहान ७:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भक्तपुर । लकडाउनको बेला एक युवकले आफ्नै १४ वर्षीया बहिनीलाई करणी (बलात्कार) गरेको अभियोगमा पक्राउ परेका छन् ।
भक्तपुरको मध्यपुर ठिमीस्थित बोँडेबाट २३ वर्षीय युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भई हाल बोँडेस्थित जस्ताको टहरामा बस्दैआएका ती युवकले राति बहिनी सुतेको मौका छोपी करणी गरेको प्रहरीले बताएको छ ।
महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।
त्यस्तै धादिङबाट ना. ६ ख ५६१५ नम्बरको ट्रकमा काठमाडौँ आउँदै गरेकी २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ट्रकका सहचालक कृष्ण सतारलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न सञ्चालन गरेको ‘लकडाउन’ का कारण सडकमा अलपत्र परेकी ती युवतीलाई उद्धार गरी काठमाडौं पुर्याइदिने भन्दै करणी गरेको पीडितले बताएकी छिन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…