राहतमा कुहिएको भनिएको चामलको रिपोर्ट 'गुणस्तरीय'
उपमहानगरपालिकालाई बदनाम गर्ने उदेश्यले षडयन्त्र पूर्वक सो खेल रचेको उपमेयर रिता कुमारी मिश्रले दावी गरेकी छन् ।

२०७७ बैशाख १७ बुधबार, राति ९:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहा नगरपालिकाले राहत वितरणका लागि मगाइएको चावल लगायतका सामाग्रीहरु गुणस्तरीय रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले रिपोर्ट दिएको छ ।
उपमहानगरपालिकाले राहत वितरणको क्रममा जनकपुरधाम १६ मा एकजनालाई कुहिएको चावल वितरण गरेको सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल भएपछि गुण नियन्त्रण कार्यालयले सो सामाग्री परीक्षणको लागि मंगलवार लगेर चेकजाँच गरेको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका कार्यालय प्रमुख विजय खनालले उपमहानगरपालिकाले राहत वितरणका लागि ल्याएको चावल र प्रशोधित सूर्यमुखी तेललाई प्रयोगशालामा परीक्षण गर्दा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड परिधि भित्र रहेको बताएका छन् ।

जनकपुरधाम उपमहा नगरपालिका १६ मा ५ सय ४१ परिवारलाई राहत वितरण गर्दा एक जनामा मात्र कुहिएको चामल फेला पर्नु षड्यन्त्र रहेको उपमहानगरपालिकाले दावी गरेको छ ।
उपमहानगरपालिकालाई बदनाम गर्ने उदेश्यले षडयन्त्र पूर्वक सो खेल रचेको उपमेयर रिता कुमारी मिश्रले दावी गरेकी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…