'विद्यार्थीहरु पनि समाजसेवा सिक्नुपर्छ'
ऊ अमर हुन्छ। तसर्थ विद्यार्थीहरूले समाज सेवा सिक्नुपर्छ र आवश्यकता पर्यो भने सेवा गर्न तयार रहन्नुपर्छ।

२०७७ बैशाख १७ बुधबार, बिहान १०:२९ बजे१ मिनेट पढाइ

समाजको कल्याण गर्नुलाई समाज सेवा भनिन्छ। यसको अर्थ दुःखमा परेका व्यक्तिहरू अथवा सम्पूर्ण समाजको सेवा गर्नु भन्ने हो ।
यो स्वेच्छिक सेवा हो र बदलामा कुनै कामना हुँदैन। मानिस एउटा सामाजिक प्राणी हो। ईश्वरले उसलाई सहानुभूति, दया समझदारी र शक्ति दिएका छन् ।
उसले यिनीहरूलाई प्रयोग गर्नुपर्छ। जो अभावमा उसको सेवा गर्नु उसको कर्तव्य हो। समाजसेवालाई प्रत्येक धर्ममा एक महान् पुण्य मानिन्छ। समाज सेवा गर्ने अनेक तरिका छन्।
प्रत्येक व्यक्तिले कुनै न कुनै रूपमा समाज सेवा गर्न सक्तछ। शिक्षित व्यक्ति समाजका अनपढ व्यक्तिलाई शिक्षा दिन सक्छ धनी व्यक्तिहरूले विद्यालय, महाविद्यालय, पुस्तकालय, अस्पताल र अनाथालय बनाउन सक्छन् ।
निर्धन व्यक्तिहरू सडक, पुल, निर्माणमा शारीरिक सेवा गर्न सक्छन् । उनीहरू गाउँ, सहर सफा गर्न सघाउन सक्छन् । डाक्टरहरु महान् सेवा गर्न सक्छन्, जब रोग फैलिन्छ।
यसको अतिरिक्त हाम्रो समाजमा अनेकौं कुरीतिहरू छन् यदि हामी तिनीहरूको अन्त्य गर्न सक्यौं भने समाज सेवा हुनेछ। समाज सेवा निरर्थक जाँदैन। जो समाज सेवा गर्दछ उसले जनताको हृदय जित्छ, समाजमा उसको ठूलो सम्मान हुन्छ। मानिसहरू उसको प्रशंसा गर्दछन् ।
ऊ अमर हुन्छ। तसर्थ विद्यार्थीहरूले समाज सेवा सिक्नुपर्छ र आवश्यकता पर्यो भने सेवा गर्न तयार रहन्नुपर्छ।
युवा अभियानि
कैयुम राईन
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…