क्षुद्रग्रह आज पृथ्वीनजिक आउँदै, कस्तो प्रभाव पर्छ ?
तीन दशकभन्दा बढी समयदेखिको अध्ययनबाट प्राप्त जानकारीअनुसार यो क्षुद्रग्रहबाट पृथ्वीलाई कुनै खतरा छैन ।

२०७७ बैशाख १७ बुधबार, बिहान ९:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । विश्व यतिबेला त्यसै पनि कोरोना भाइरस (कोभिड १९) को महामारीले आक्रान्त छ ।
यसको नियन्त्रण तथा रोकथामका लागि यतिबेला विश्वका मुलुक संघर्ष गरिरहेका छन् । कतै स्वास्थ्य आपतकाल घोषणा गरिएको छ त कतै लकडाउन । एकप्रकारले अहिले विश्व नै आतंकित छ ।
यहीबीच अर्काे एउटा डरलाग्दो हल्लाले विश्वमा थप आतंक सिर्जना गरिरहेको छ । त्यो हो, बुधबार (अप्रिल २९) १९९८ ओआर २ नामक क्षुद्रग्रह पृथ्वीको नजिकै आउँदै छ ।
यसबारे वास्तविक तथ्य सम्बन्धित संघरसस्थाले जानकारी गराइरहेका भए पनि त्रसित बनाउने प्रकृतिका समाचार नै बढी सम्प्रेषण भइरहेकाले नेपालमा पनि यसको त्रास बढेको छ । प्रायः मिडियाले यो क्षुद्रग्रह पृथ्वी नजिकै आउने समाचार प्रकाशनरप्रसारण गरिरहेका भए पनि कति नजिक आउने हो, पृथ्वीलाई खतरा छरछैन, स्पष्ट पारेका छैनन् ।
सौर्यमण्डलमा मण्डल र वृहस्पति ग्रहबीचमा रहने आकाशीय पिण्डलाई क्षुद्रग्रह भनिन्छ । यस क्षेत्रमा थुप्रै क्षुद्रग्रह छन् । यी पिण्ड भनेका हाम्रो सौर्यमण्डल बन्दा रहेका रहलपहल हुन् । अचम्म लाग्यो ? वास्तवमा क्षुद्रग्रह सौर्यमण्डलकै एउटा अवशेष हो ।
आजको दिन नेपाली समय अनुसार दिउँसो ३ः४१ बजे यो क्षुद्रग्रह पृथ्वीको नजिकै आउँदै छ । तर यो नजिकै भनेको हामीभन्दा झन्डै ६२ लाख ८२ हजार किलोमिटर टाढा हो । पृथ्वी र चन्द्रमाबीचको औसत दूरी करिब ३ लाख ८४ हजार किलोमिटर छ ।
त्यसैले यसरी नजिक आउँदा पनि यो क्षुद्रग्रह हामीबाट चन्द्रमा भन्दा झन्डै साढे १६ गुणा टाढा रहनेछ । यो क्षुद्रग्रह सन् १९९८ जुलाई २४ तारिख पत्ता लागेको थियो र त्यसैले यसको नाम १९९८ ओआर २ रहन गएको हो । यो क्षुद्रग्रहको वैज्ञानिक नाम ५२७६८ हो ।
कुनै पनि क्षुद्रग्रहलाई खगोल वैज्ञानिकले राम्रोसँग बुझेपछि यस्ता नाम दिन्छन् । यो क्षुद्रग्रहको अस्थायी नाम १९९८ ओआर २ हो भने स्थायी नाम ५२७६८ हो। तीन दशकभन्दा बढी समयदेखिको अध्ययनबाट प्राप्त जानकारीअनुसार यो क्षुद्रग्रहबाट पृथ्वीलाई कुनै खतरा छैन । त्यसैले कोही त्रसित हुनुपर्दैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…