राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दर्ता केही बेरपछि
उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयन

२०७४ माघ १० बुधबार, बिहान १०:१८ बजे१ मिनेट पढाइ

काठमान्डौँ, १० माघ । आगामी माघ २४ गते बुधबार हुन लागेको राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने भएको छ ।
अहिले केही बेरमै सुरु हुने उम्मेदवारी दर्ता प्रक्रियाको लागि राष्ट्रिय सभा सदस्यहरु विहानै देखि तामझामका साथ दर्ता स्थल पुगेका छन् ।
निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरु यसअघि नै स्थापना गरिसकेको छ ।
उम्मेदवारी मनोनयन बिहान १० बजेदेखि शुरु भई अपराह्न ४ बजेसम्म हुनेछ ।
प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक पिछडिएका क्षेत्र वा अल्पसङ्ख्यकसहित आठ जनाको हिसाबले ५६ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित हुने संवैधानिक प्रावधान छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् । राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी २०५६ मतदाता छन् ।
आज मनोयनन दर्ता गरेका उम्मेदवारलाई निर्वाचन आयोगले छानबिनपछि यही माघ १५ गते चुनाव चिह्न प्रदान गर्नेछ ।
राष्ट्रिय सभाको निर्वाचनमा २१ राजनीतिक दलले भाग लिने निर्वाचन आयोगले जनाएको छ ।
उच्च अदालत रहेका जिल्लाका जिल्ला न्यायाधीश राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन कतिपय राजनीतिक दलले चुनावी तालमेल गरी उम्मेदवार उठाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…