ओली सरकार विरुद्ध मशाल जुलुस प्रदर्शन !
समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन् ।

२०७७ बैशाख १६ मंगलबार, राति ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को महोत्तरीमा ओली सरकार विरुद्ध आज मशाल जुलुस प्रदर्शन गरिएको छ ।
तत्कालिन समाजवादी पार्टी नेपाल तथा हाल जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले डा. सुरेन्द्र यादवको अपहरण गरेपनि मुद्दा दर्ता नगरेको भन्दै सरकार विरुद्ध नै सडकमा ओर्लेका छन् ।
देशमा शान्ती प्रणाली स्थापना होस, अपहरणकारीलाई सजाय होस भन्ने मूल नारा सहित सरकार विरुद्ध प्रदर्शन गरेको हो । महोत्तरीको क्षेत्र नं. ४ सम्सी बजार स्थित प्रदर्शन गरिएको हो ।
पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका डा. यादवलाई गत १० गते अपरान्ह सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल सहित मिलेर अपहरण गरी काठमान्डौ लगेको आरोप लगाइएको छ ।

पार्टीका संघीय परिषद सदस्य दीपक झाको नेतृत्वमा नारा जुलुस गरिएको हो । उनीहरु विरुद्ध जाहेरी मुद्दा दर्ता नगरेको भन्दै सरकार विरुद्ध नै प्रदर्शन गरेको झाले बताए ।
बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । डा. यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताएका छन् ।
समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…