'सेवक' को परिचयपत्र भित्र लुकेका 'लुटेराहरु'
आशा गरौं, कोरोना भाइरसको महामारी र संकटबाट विश्वले चाँडै मुक्ति पाओस्।
२०७७ बैशाख १६ मंगलबार, बेलुकी ७:३५ बजे२ मिनेट पढाइ

हो भन्या, अहिले जनताको राशन कार्डमा आफ्नो परिचय पत्र लिने ढोंगी सेवकहरुको बिगबिगी पनि महामारी र विपदको बेला नै देखिन्छ ।
चैत्र ११ गतेदेखी लकडाउन गरिरहेको छ । लकडाउन लम्बिदैछ भने समस्या गहिरिँदैछ । कोरोना नियन्त्रणका लािग विश्वका अभ्यासहरु अघि सार्दै सरकारले प्रयास त गरेको छ, तर कोरोनाले कुन रुप लिने हो ? भन्न सकिने अवस्था छैन ।
कोरोना नियन्त्रणका लागि मुलुकको सम्पूर्ण शक्ति यहाँका राजनीतिक दल, कर्मचारीतन्त्र, सुरक्षा निकाय, मिडिया लगायत सवै एक ठाँउ उभिएको देखिन्छ तर, बिडम्वनाः नेपालमा बिपदको बेलाको फाइदा उठाउने त्यो गलत मानसिक प्रबृति अझै अन्त्य हन सकेको छैन ।
आज दुःखका साथ भन्नै पर्छ जब–जब मूलुकमा बिपद देखा पर्छ तब–तब मानवीय सेवा र उद्धारका नाममा जनताका सेबकको परिचय पत्र लिएका कतिपय लुटेराहरुबाट व्यक्तिगत धन सम्पत्तिको जोहो गर्ने खेलो शुरु हुन्छ ।
यो चाहे बाढी पिडितको नाममा होस, आगलागि पीडितका नाममा या भूकम्प पिडितको उद्धारको नाममा होस्, साँच्चिकै हामी नेपाली दृष्टिकोणमा कति गरीव छौं भन्ने कुरा यी यस्ता घटना परिघटनामा देखिएका भोगाईबाट प्रष्ट हुन्छ ।
राहत वितरण पनि बास्तबिक वर्ग छनोट र पारदर्शी ढंगले हुनु पर्ने हुन्छ तर जनप्रतिनिधिहरुले आफ्ना आसेपासेलाई संगै हिडी हाल्ने र ती आसेपासेहरुले जसलाई भन्छन् उनीहरुलाई राहत दिने, वर्गमा छनौट गर्दा कतै विगतमा बेरोजगारीहरुको सूचिमा धनि वर्गहरु समावेश भए जस्तै यो राहत पनि बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल नविक्ने भने जस्तै त होइन ?
यतिवेला आम जनमानसमा प्रश्न उठ्न थालेको छ । जनतालाई राहत मात्र नभएर स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने विभिन्न सुरक्षा सामाग्री ,सरसफाईका सामाग्री खरिद गर्ने कार्यमा पनि पारदर्शिता हुनु जरुरी छ । स्थानीय तहहरुले यतिवेला बढि भन्दा बढि जनता केन्द्रित क्रियाकलापहरु सञ्चालन गर्नु अहिलेको मुख्य आवश्यकता हो ।
यो सरकार न त सत्तामा बस्नु र नागरिक को अभिभावक हुनुको दायित्व स्विकार्छ । न जनताको दुःख कष्टले यसको मानवीय संवेदनशीलताई कहिकतै छुन्छ । न प्रतिपक्षीको सुझाव लाई सुन्छ नत अदालतको निर्णय लाई टेर्छ । बरु श्रृखंलाबद्ध रुपमा भ्रष्टाचारको कवच बन्दै आएका प्रधानमन्त्रीज्यु अहिले को यो असहज परिस्थितिमा आफ्ना कार्यकर्ता भर्ती गर्दै भूमी आयोग गठन गर्छन ।
सबै घटना ले प्रष्ट पारी सक्यो यो आयोग पनि भूमीहिनहरुको नाममा सार्वजनिक भू–माफिया र यिनका आसेपासे कार्यकर्ताको चिरहरणमा पर्नेछ । ईतिहासकै सर्वाधिक झूटको पुलिन्दा हो यो सरकार ।
सामाजिक दुरि कायम राख्ने तर भावनात्मक दुरि नजिक बनाउने, हात पटक पटक धुने, सेनेटाइजेरको प्रयोग गर्ने, पिपिइको प्रयोग गर्ने, लक्ष्ण देखिना साथ चिकित्सकलाई बताउने, मौजुदा हेल्प लाइन नम्बरमा फोन गर्ने, स्थानीय प्रशासनसँग सामिप्यता कायम गरि उत्पन्न हुने समास्याको हल गर्न वातावरण बनाउने विषयमा ध्यान पुर्याउनु पर्छ ।
अन्त्यमा, लकडाउनको पुर्ण रूपमा पालना गरे मात्रै यो मानव सभ्यताको दुश्मनलाई परास्त गर्न सकिनेछ र यसरी बिपदको घडीमा धैर्यधारणको आवश्यकता बढेर गएको छ । आशा गरौं, कोरोना भाइरसको महामारी र संकटबाट विश्वले चाँडै मुक्ति पाओस्।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…