रौतहटका दुई गाउँ सील गरियो
दुई जना कोरोना संक्रमित व्यक्ति भेटिएपछि उनीहरुका गाउँलाई स्थानीय प्रशासनले सील गरेको हो ।

२०७७ बैशाख १६ मंगलबार, बेलुकी ५:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको दुई गाउँ सील गरिएको छ ।
दुई जना कोरोना संक्रमित व्यक्ति भेटिएपछि उनीहरुका गाउँलाई स्थानीय प्रशासनले सील गरेको हो । स्थानीय प्रशासनले रौतहटको वृन्दावन नगरपालिका–१ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिका–१ को नहरटोल सील गरेर मानिसको आवतजावतमा पूर्ण रोक लगाएको छ ।
वृन्दावन नगरपालिका–९ भुसाहाको दक्षिणमा भीम डाबर गाउँ, उत्तरमा आकरपाथर गाउँ पश्चिममा बहुअरी र बरगजवा गाउँ र पूर्वमा विर्ता गाउँको चार किल्लाभित्र रहेका गाउँहरु सील गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
यसैगरी देवाही गोनाही नगरपालिका–१ नहरटोल पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लाल बकैया नदीको नहर, दक्षिणमा नहर (मन) र उत्तरमा खेसरहिया गाँउभित्रको इलाका सील गरिएको पनि जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
सील गरिएको इलाकबाट कुनैपनि व्यक्ति बाहिर निस्कने र अन्यत्रबाट प्रवेश गरेमा कडा कारबाही गरिने जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…