कठ्याङ्ग्रिएर सिरहामा १५ को मृत्यु
सिरहा, १० माघ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर फेरी पनि सिरहामा एक जनाको ज्यान गएको छ । सिरहा नगरपालिका वडा नं. १२ सारश्वर बस्ने बौका दर्जीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । गएराति अत्यधिक चिसो सहन नसकि कठ्याङ्ग्रिएर बर्ष ५५ का बौका दर्जी भन्ने मँजुर मियाँको ज्यान गएको हो । ग

२०७४ माघ १० बुधबार, बिहान ९:४८ बजे१ मिनेट पढाइ

सिरहा, १० माघ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर फेरी पनि सिरहामा एक जनाको ज्यान गएको छ ।
सिरहा नगरपालिका वडा नं. १२ सारश्वर बस्ने बौका दर्जीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
गएराति अत्यधिक चिसो सहन नसकि कठ्याङ्ग्रिएर बर्ष ५५ का बौका दर्जी भन्ने मँजुर मियाँको ज्यान गएको हो ।
गएराति शौच गरेर सुतेको केही समय नबित्दै चिसोले काम्न थालेको र केही समयमै मृत्यु भएको परिवारजनले बताएका छन् ।
यो सँगै सिरहामा चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या १५ जना पुगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…