ओलीले आफ्ना सांसदहरुलाई भने : 'जेपनि हुनसक्छ, तयार रहनुहोस्'
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा जस्तो सूकै परिस्थिती आउनसक्ने भन्दै आफू निकट सांसदहरुलाई तयारी अवस्थामा रहन भनेका छन् । ओली गल्ती भएको भए आफू सच्चिन तयार हुँदा पनि पार्टीका नेताहरुले आफूलाई हटाउन लागेको भन्दै सांसदहरुलाई यस्तो भनेका हुन् । उनले पार्टीसमेत विभाजन हुनस

२०७७ बैशाख १६ मंगलबार, दिउँसो ३:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा जस्तो सूकै परिस्थिती आउनसक्ने भन्दै आफू निकट सांसदहरुलाई तयारी अवस्थामा रहन भनेका छन् ।
ओली गल्ती भएको भए आफू सच्चिन तयार हुँदा पनि पार्टीका नेताहरुले आफूलाई हटाउन लागेको भन्दै सांसदहरुलाई यस्तो भनेका हुन् । उनले पार्टीसमेत विभाजन हुनसक्ने भन्दै आफ्ना सांसदहरुलाई मानसिकरुपमा तयारी अवस्थामा रहन आग्रह गरे ।
आफू निकट सांसदहरुलाई सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार बोलाएर ओलीले अन्य नेताहरुले वार कि पारकै रणनीति अपनाएको हुँदा पार्टी विभाजन हुनसक्ने सभावना रहेको बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले आइपर्ने चुनौतिहरु सामना गर्न आफू तयार रहेको बताएका थिए ।
भेलामा प्रधानमन्त्री ओलीले कसैले माग्दैमा राजिनामा नदिने बताएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…