पर्यावरण र मानवसमाज
पक्कि र कच्ची सडकहरुका दुवै किनारामा पनि व्यापक वृक्षारोपण गर्न अति आवश्यक छ ।
२०७७ बैशाख १५ सोमबार, बेलुकी ६:१४ बजे५ मिनेट पढाइ

पर्यावरण र मानवसमाज पेशाले पनि मेरो कार्य शिक्षा संग आबद्ध छ र बिगत केहि बर्ष देखी हामि सामुहिक रुपमै विभिन्न स्कूल र क्याम्पस मा गएर बिद्यार्थीहरुमा पर्यावरण संरक्षण सम्बन्धि प्रेरणात्मक संदेश दिने गरेका छौ ।
उक्त समुहमा हरेकले क्रमस : आ-आफ्नो समय तालिका अनुसार जिम्मेवारी बहन गर्ने कार्य गर्नु हुन्छ जसमा निम्न अभियन्ताहरु सहभागी रहनुहुन्छ अर्थविद डा. भोगेन्द्र झा , माननीय राम आशिष यादव , पुर्व ए.आइ. जि विजय लाल कायस्थ , UNDP का अर्जुन कुशवाहा , वन अधिकृत सुरेश शर्मा , औषधि व्यवसायी रवि गोइन्का , सहकारी का कृष्ण चन्द्र साह लगायत समयानुसार अन्य साथीहरु पनि कहिले काही जोडिन आउनु हुन्छ ।
यस लेखमा त्यसै अभियानसंग सम्बन्धित केहि कुराहरु लकडाउन को समयमा पस्किदैछु । हरेक मानिसलाई आवश्यक पर्ने रोटि , कपडा र मकान हो तर त्यो भन्दा पनि पहिले आवश्यक माटो ,पानी , हावा र सुर्य हो ।

पर्यावरण संरक्षणलाइ ध्यान नदिएको कारण ओजोने तहमा प्वाल, हरितगृह प्रभाव ,अम्लिय वर्षा , ध्वनि प्रदुषण ,धातु प्रदुषण जस्ता भयानक कुराहरु देखा पर्दैछन । तसर्थ अबदेखि विश्वको कुनैपनि कुनामा हुने सामाजिक क्रान्तिमा पर्यावरणीय सवाल महत्वपुर्ण मुद्दाको रुपमा उठाइनु पर्छ । नेपालमा मात्रै बार्षिक १ लाख हेक्टर भन्दा बढी बनजंगल बिनाश हुदै आएको छ ।
यसैको परिणामस्वरूप हरेक बर्ष हज्जारौ हेक्टर उर्वरभूमि बाढी पहिरोको प्रकोपमा परि बालुवामा परिवर्तन हुदैछ । यसको परिणाम आजको खेतीले ६ महिना मात्रै खान पुग्छ भने बिस्तारै केहि बर्ष पछि क्रमश : ३ महिना लाई मात्रै पुग्ला ।
बनजंगल भनेको ऑक्सीजन को स्रोत हो , धर्तिको रक्षा कवच वा ओजोने को मुहान हो, पानि को मूल हो , बन्यजन्तु र पंक्षीहरुको आश्रयस्थल हो ,मानवजातिलाई दैनिक आश्वायक पर्ने काठ , इन्धन , जडिबुटी , फलफुल जस्ता थुप्रै कुराहरुको स्रोत हो । हरियो बन भनेको मानवजातिको प्राण हो ।
करिब ६ हजार खोला नाला भएको यो देशमा खोला र नदीका तटीय तथा जलाधार क्षेत्रहरुमा बनजंगल को व्यापक बिनाश हुदै आएको छ । खोला का जलाधार र तटीय क्षेत्रहरुमा व्यापक वृक्षारोपण गर्न खाचो छ ।

पक्कि र कच्ची सडकहरुका दुवै किनारामा पनि व्यापक वृक्षारोपण गर्न अति आवश्यक छ । त्यसो गर्न सके सडकमा पहिरो नजाने ,घाम र पानीको कमीले पिच बचाउने , धुवा धुलोबाट बचाई मानिसलाई स्वच्छ बायु प्राप्त हुनेछ । पृथ्वीको ६८.२% भाग समुन्द्रले ढाकेको छ ।
तराई, पहाड र हिमाल मा भएका रुखहरु नै वातावरण सन्तुलित राखी नियमित बर्षात गराउने र पानीका स्रोतहरुलाई जिवन्त तुल्याउने प्रमुख माध्यम हो । सयौ जिवजन्तु र पक्षिहरुलाई वासस्थान र आहार उपलब्ध गराउने, माटो संरक्षण गरि बाढी पहिरो रोक्ने , वायुमण्डलमा अक्सिजन छोडी कार्बन डाईअक्साइड शोषण गर्ने नै बनजंगल हो ।
अब नेपाल र बिश्वको कुनै पनि मुलुकमा हुने क्रान्ति भनेको मुलत: पर्यावरण क्रान्ति नै हो । यदि यस्तै अवस्था रहिरहे ५० बर्ष पछि हाम्रो उत्तरको हिमश्रीन्खला काला पहाडहरुमा परिणत हुनेछ ,नदीहरु पूर्णरुपले सुक्नेछन, बर्षात रोकिनेछ र यो भुमि मरुभूमि बन्नेछ ।
हाम्रो वायुमण्डलमा ७८% नाइट्रोजन ,२१% अक्सिजन र १% अन्य ग्यासहरू कार्बन डाईअक्साइड,ओजोने , प्रोजोने , मिथाइल आदि छन् । वायुमण्डल को सन्तुलनका लागि यी सबै ग्यासको समान महत्व छ ।
O2 का अणुमा थप अर्को O को मिलनपछि O3 (Ozone) बन्छ । यो ग्यास हाम्रो वायुमण्डलको २०-३० कि. मि. माथिसम्म फैलीएको छ , जसले सुर्यबाट आउने पराबैजनिक किरणलाई आकाशमै रोकेर धर्तीमा जीवनको रक्षा गर्छन ।
सूर्यबाट आउने पराबैजनिक किरण ज्यादै घातक हुन्छ, यसले जमिन र पानि भित्रका जिव वा प्राणी र बनस्पति लाई समेत नष्ट गर्न सक्छ । पृथ्वीको उत्पत्ति हुदा यो रातो र तातो थियो ,अरबौ बर्षपछी पृथ्वीको बाहिरि भाग सेलाएर जमिन र पानीको भाग छुट्टियो ।
त्यसपछि पनि धेरै बर्ष पृथ्वीमा कुनै जीव थिएन , त्यसको प्रमुख कारण सुर्यको त्यहि घातक परावैजनिक किरण थियो । बिस्तारै समुद्रका ढुंगाका कापहरुमा अमिवा , हाइड्रा जस्ता एक कोषीय दुइ कोषीय जिवहरुको उत्पत्ति भयो ,जहाँ सुर्यको किरण पुग्दैन थियो ।

लाखौ बर्षपछी वायुमण्डलमा ओजोन ग्यासको तह बन्यो, ओजोन तह बनेपछि पहिले पानीमा र पछि जमिनमा जीव , प्राणी र वनस्पतिहरुको उत्पत्ति र विकास हुन थाल्यो । आज पृथ्वीको जमिन , पानि र आकाशमा लाखौ प्रकारका जीव, प्राणी र वनस्पतिहरुको अस्तित्व छ , त्यसमा पनि ओजोन ग्यासको भूमिका अहम छ ।
बढ्दो जनसंख्या , प्राकृतिक सम्पदामाथिको तिब्र दोहन , इन्धनको प्रचुर प्रयोग , औद्योगिक चरम बिकास , युद्ध सामाग्रीहरुको निर्माण आदिको कारणले हरितगृह प्रभाव , ओजोन तहको प्वाल , अम्लिया वर्षा आदि ।
हिउँ पग्लिनाले समुद्रको सतह बढ्दै छ । यसले समुद्री तटीय भूभाग जलमग्न हुन थालिसकेका छन् । यस्तै हो भने चाडै पृथ्वीको ध्रुवीय क्षेत्रको हिउँ सबै पग्लिएर समुद्रको सतह ५०-६० मिटर सम्म माथि उठ्ने छ ।
समुद्रको सतह केवल १० मिटर माथि आउदा पनि न्युयोर्क , वासिंगटन , लन्डन , टोकियो, सांघाई , मुम्बई , कोलकाता , सिड्नी लगायत हजारौ सहर समुद्रमुनि पुग्नेछन र अरबौ मानिसहरुको मृत्यु हुनेछ ।
विश्वभरका २१२ वटा राष्ट्र मा भएको सश्त्रास्त्रको बारुदी शक्ति विश्वका हरेक एक जना मान्छेलाई ३ टन पुग्ने जति उत्पादन भएको छ । जबकि १० ग्राम बारुदको गोलीले नै एकजना मान्छेको मृत्यु हन्छ। सबैसंग रहेका आर्णविक शक्तिले यस्तो एउटा पृथ्वीलाई मात्रै होइन , ७५ वटा अरु पृथ्वीहरु ध्वस्त पार्ने क्षमता राख्छ ।
त्यसैले अब पनि हामि सचेत भएनौ र पर्यावरण संग यस्तै खेलवाड गरीनै रहयौ भने समय समयमा यस्तै महामारी आएर बिस्तारै मानब जातिको अस्तित्व नै समाप्त नहोला भन्न सकिन्न, त्यसैले सचेत बनौ र पर्यावरण संरक्षणमा ध्यान दिऔ ।
लेखक विगत २ दशकदेखि समय समयमा समसामयिक विषयबस्तु हरुमा आफ्नो बिचार बिभिन्न संचार माध्यममा राखिरहनु हुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
अमित झा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…