प्रधानमन्त्रीमा ओलीको विकल्प खोज्न प्रचण्ड-नेपाल पक्षको तयारी तीव्र
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बजेटअघि नै हटाउने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले तयारी तीव्र पारेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीबाट अब पार्टी र सरकार चल्न नसक्ने भन्दै दुवै समूहका नेताहरु प्र

२०७७ बैशाख १५ सोमबार, बिहान ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बजेटअघि नै हटाउने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले तयारी तीव्र पारेका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीबाट अब पार्टी र सरकार चल्न नसक्ने भन्दै दुवै समूहका नेताहरु प्रधानमन्त्री परिवर्तन गर्ने तयारीमा लागेका हुन् । जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।
नेता नेपालले आइतबार कोटेश्वरस्थित निवासमा आइतबार आफूनिकट स्थायी समिति सदस्यहरुको भेला आयोजना गरेका थिए । सो भेलाले प्रधानमन्त्रीको विकल्प खोज्न अब ढिला गर्न नहुने निश्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीमा ओलीको विकल्प खोज्न सचिवालय सदस्यहरुलाई आग्रह गर्ने निर्णय सो भेलाले गरेको छ । भेला सकिएपछि एक नेताले यो बीचमा कुनै नाटकीय घटनाक्रम विकास नभए बजेटअघि नै सरकार परिवर्तन हुने दाबी गरे ।
उनका अनुसार यसअघि भएको ओलीइतर पक्षको गठबन्धन तथा भेला पार्टीको निर्णय तथा निर्देशनअनुसार सरकार सञ्चालन होस् भन्ने विषयमा मात्र केन्द्रित थिए । तर, अध्यादेश प्रकरणपछि ओलीकै विकल्प खोज्ने निश्कर्षमा नेताहरु पुगेका हुन् ।
ओलीको विकल्पको रुपमा पूर्व प्रधानमन्त्री नेपाललाई अघि सार्ने तयारी भएको केही नेताहरूको दाबी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…