लकडाउनमा 'हिरोईन'
तपाईं पनि त केहि बोल्नुस यार मात्र स्टोरीको मजा चूसिरहनु भएको छ ।
२०७७ बैशाख १५ सोमबार, बिहान ७:११ बजे४ मिनेट पढाइ

टॉप एंगल देखि फुल शॉट को सीन यस प्रकार छ कि दसौं दिशाहरु लकडाउन भएको छ।
कहानी को हीरो घरमा कैद छ। उ बाहिर निस्किन लाई छटपटाइरहेको छ। घर बाहिर कोरोना वायरस अफ्नो जिब्रो लपलपाइरहेको छ। उस्ले चुनि-चुनी मानिसहरु लाई शिकार बनाइरहेको छ । सपनाको सहरहरु अब वीरानो भएको छ। प्राग को ऐतिहासिक चार्ल्स ब्रिजको भुतहा सन्नाटा डरलाग्दो छ।
मिलानको चौक सूनसान छ र वेनिसकि गलियारी नदिहरुमा गंडोला को साटाे सन्नाटा तरिरहेको छ। न त नाविक को गीत छ न त प्रेमिका को धुन नै । बार्सिलोना को पर्यटहरु देखी लबरेज किनारा सम्म सुनसान रहेको छ । न्यूयॉर्कको टाइम्स स्क्वेयर पनि एकदम सुनसान रहेको छ। यता, देशमा पनि डिरिम गार्डेन र रामजानकी विवाह मन्डप देखि मंदिर-मस्जिद, मल-पसल, चौक-चौराहा सबै सूनसान छ।
हरेक ठाँउमा केबल कोरोनाकै छाया नज़र आइरहेको छ ।हरेक भेटने वाला चेहराहरु डराइरहेको छ । एक-अर्कोलाई संकाको दृस्ठिले हेर्दै छ । कहीं उ संक्रमित त छैन ? पहिले यदि मनमा दूरि राख्थे पनि त देखाउदैन्थे यो दूरी को मजबूरी ऐस्तो भएको छ कि दुरि राख्नु पनि छ र देखाउनु पनि ।
म त येसै पनि हाथ मिलाउथे तर दिल मिलाउदैन्थे । अङ्गगालो मार्ने त झन सपना जस्तै भैसकेको थियो । अब त दिशानिर्देश छ कि केबल नमस्ते मात्र गरौं । तर हिरोको भने हाथ, दिल, मन सब मिलिरहेको थियो ।हिरोनी को लागी हिरोको मन कसमसाइ रहेको छ।
अहिले हाम्रो हीरो दुखी, परेशान, निराश-हताश छ ; किन्भने हीरोइनको पछिलो पांच दिन देखि कुनै समाचार छैन । स्टोरी ब्रेकअप को नजिक गैसकेको छ । हे पाठक! केहि जंतुनुमा जीव डाक्टर माथि हमला गरिरहेको छ ।

लकडाउनीय पुलिस माथी ढुङ्गा फाल्दै छ भने पुलिसले डियुटि बाट फर्कीरहेका डाक्टर माथी लाठि बर्षाउदै छ । क्लोज शॉटमा देश्को राजनिती पनि तातेको छ । बस्रौ देखी मिल्न नसकेका पार्टी मिलेको छ भने येहि लकडाउन को कारन कति जोडीको मिलन टुट्ने कागारमा छ । हीरो लाई हीरोइन सङ प्रेम छ।
हीरोइनलाई पनि हीरो सङ घनघोर प्रेम छ तर हिरोईन भने लकडाउनमा ३४ दिन देखी हिरोलाइ भेट्न् नपायएर चिन्तित छ। उन्लाइ थाहा छ चिन्ताले चिताको बाटो देखाउ छ र पनि उनी हिरो सङ हजारौं मिनेट देखि भेटन्न नपाएको कुराले चिन्तित छिन ।
ऊनी पानी बिनाको माछा जस्तै बेचैन छिन ,येस्तो बेचैनी छ उन्लाइ कि उनी चिता लाई आङ्गालो हाल्न तयार छिन । हे पाठक! अनुमति छ भन्ने , यस काहानीको हीरो-हिरोइन को आंशिक परिचय बताइ दिउ। हीरो मधेसको खाँटि मधेसी , राजा सहलेशले आफ्नी प्रेमिका सङ डेटिङ गर्ने स्थल "सहलेश फुलवारि" ईलाकामा बस्ने गर्छ र हीरोइनको जन्मस्थल जानकि नगरी भएपनि लालन पालन भने काठमाडौंमा भएको छ।
हीरोइन अहिले मधेसमै छिन र तड़पि रहेकि छिन, तातो मरभुमिना सुक्न लाई राखेको पापड़ झै । घर, गली, मोहल्ला, शहर, राज्य, देश, दुनिया सबै मरेको जस्तो लकमा डाउन भएर बसेको छ। घर बाहिर कोरोना वायरस हवामा जीब्रो हलाइ रहेको छ।
हीरो हिरोइन बेचैन छ। भेटनको लागी दुबै जना लाई यादहरुले पल-पल सताइरहेको छ । हीरो हीरोइनले एक अर्काको लागी तीन-चार वटा बिरही को गीतहरु गुनगुनाइ सकेको छ । क्लोज शॉटमा फ्लैशबैकमा गएर काठमाडौं महादेवस्थानमा रहेको केकमाडौं क्याफेको कोर्नरवाला सिटमा वसि कालो चियाको चुस्की लिदै सेता कुराहरु गर्दै आफ्नो पहिलो भेट गरिसकेको छ ।
लांग शॉटमा काठमाडौंको सड़कहरुमा एक अर्काको हाथ समाइ सयौं पल्ट घूमिसकेका छन । हे पाठक! अब यो कहानीको हीरोइनको मनमा " एक प्रेमम्य हेट स्टोरि " बुनाइ रहेको छ । उन्ले बुनिरहेको स्टोरि तपाइले रोकन्न सक्नुहुन्छभने रोकिहाल्नुस ।
लॉकडाउन र कोरोना वायरसको हालातले पनि हीरोइन लाई आफ्नो हिरोमाथिको ध्यान बाट विचलित गर्न सकिरहेको छैन । हो हुजूर! टॉप एंगल बाट ड्रोन कैमराको सीन यो बताइ रहेको छ कि कहानीकि हीरोइन लॉकडाउन लाई तोड़-फोद गरेर आफ्नो स्टोरि बुनेररै छोडछ।
हिरोइनले आफ्नो मनमा बुनेको एक प्रेममै हेट स्टोरि यो ३४ दिनको लकडाउनको उपज हो । हेरोइनलाई हिरो माथि अथाह सन्का ,उप्सन्काहरु लाग्न थालेको छ । उन्लाइ लाग्छ कि हिरो अर्कै कुनै हिरोईन खोजीरहेका छन ।
हिरोको गाउँमा ईन्टरनेट टु जि स्पीड मा चल्छ जस्को कारणले हिरोईनले फेसबुक मेसेन्जरमा पठाइएको मेसेजको रिप्लाय हिरो ले तुरुन्तै गर्न सकिरहेको छैन तर यो प्रबिधि त्रुतीले हिरोनी लाई सन्कालु बनाइदिएको छ ।
हिरो आफ्नो खेतमा काममा बेस्त हुन्छ तर हिरोईनलाई लागी रहेको हुन्छ उन्को हिरो अरु कुनै हिरोइन सङ नाया प्रेमको बिउ उमार्दै छ । हिरोले जति रोक्न पर्याश गरे पनि तडपिदै-भटकिदै आखिरमा उनी पुग्न सफल भयो नै हेट स्टोरीको लवली कंट्रास्ट वाला सुपर-डुपर धारमा ,आखिर उन्ले हिरो लाई हेट गर्न थलिननै तर माया वाला हेट बिल्कुल एक प्रेमम्य हेट स्टोरि जस्तो ।
तपाईं पनि त केहि बोल्नुस यार मात्र स्टोरीको मजा चूसिरहनु भएको छ । हीरोलाई भयंकर कष्ट दिरहनु भएको छ। कमेन्ट सेकस्नमा लेखेर हिरोईन लाई बताइदिनुस कि हिरो आफ्नो हिरोईन लाई कस्तो अटुत ,निस्छल र निर्मल प्रेम गरिरहेको छ ।
लेखक : आभाष गुरु
कानुन विद्यार्थी गोलबजार- ९ ,सिराहा
(हाल काठमाडौं )















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…