बाराको निजगढ प्रहरीमा सेनिटाइजर बुथ स्थापना
यो निजगढकै पहिलो सनेटाइजर बुथ हो ।
२०७७ बैशाख १५ सोमबार, बिहान ६:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय निजगढमा प्रवेश गर्ने प्रहरी कर्मचारी र सेवाग्राहीका लागि सेनिटाइजर बुथको व्यवस्था गरिएको छ ।
कार्यालय भित्र आउने कर्मचारी तथा अन्य सर्वसाधारण सेवाग्राहीहरुको लागि सेनेटाइज गरेर मात्र भित्र आउने व्यवस्था गरिएको छ । यो निजगढकै पहिलो सनेटाइजर बुथ हो ।
निजगढ ८ बजारमा सञ्चालित निजगढ बैंन्क्यूट एण्ड सेमिनार हलका सञ्चालक रामकृष्ण घिमिरे र जय सन्तोषी माता खाद्य स्टोरका सञ्चालक केदार चौलागाईले सनेटाइजर बुथ जडान गरिदिएका हुन् ।
सेवा क्षेत्रमा खटिने प्रहरीलाई कोरोना संक्रमणबाट जोगाउनका लागि अनिवार्य सेनेटाइज गर्न सहयोग पुगोस भनेर बुथ स्थापना गर्न सहयोग गरेको रिटर्नी माइग्रेट नेपालका केन्द्रीय सचिव समेत रहेका घिमिरेले बताएका छन ।
एक पटकमा एक जनालाई सेनिटाइज गर्न सकिने गरि व्यवसायि घिमिरेको डिजाईनमा तयार गरिएका बुथ ३५ लिटर सेनोटाइजर अट्ने क्षमता रहेको र त्यसले १ सय ५० जनालाई सेनेटाइज गर्न सकिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…