लकडाउनमा फँसेका हाम्रा नगरवासीलाई उद्धार गरी ल्याउँछौं : कान्छो मेयर
अनिवार्य रुपमा १४ दिन नगरपालिकाको क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान समेत राखिएको हो ।

२०७७ बैशाख १४ आइतबार, बेलुकी ६:१२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले लकडाउनमा फँसेका आफ्ना नागरिकलाई सकुशल उद्धार गरी ल्याउने बताएका छन् ।
नगरपालिकाको कार्यालयबाट एक सूचना जारी गर्दै कोरोनाको महामारीलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण काठमान्डौंमा फँसेका शहिदनगरका नागरिकहरुलाई सवारी मार्फत उद्धार गरी ल्याउने बताएका छन् ।
शहिदनगर नगरपालिका भित्र घर भएका तथा अध्ययन, काम, पेशा वा अन्य विभिन्न कार्यको लागि काठमान्डौं गएको तथा लकडाउनमा फँसेर आउन नसकेकाहरुलाई उद्धार गरी नगरपालिका ल्याउने तयारी गरेको हो ।
लकडाउनमा काठमान्डौं उपत्यका भित्र फँसेका आफ्ना नागरिकको चाहना बमोजिम उद्धार गरी ल्याउनको लागि लागत सँकलन कार्य भइरहेको मेयर बरबरियाले बताएका छन् ।

उनले सोको लागि लागत सँकलन कार्य भइरहेको हुनाले घर आउने चाहनेले आफ्नो वास्तविक नाम थर, वास्तविक ठेगाना, वुवा वा पतिको नाम, हालको ठेगाना र सम्पर्क नम्बर सहित सम्पर्क गर्न अनुरोध गरिएको छ ।
नगरपालिकाले ६ जना सम्पर्क व्यक्ति परिचालन गरी आउन चाहनेहरुलाई काठमान्डौंबाट उद्धार गरि ल्याउने कार्य थालिएको हो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…