एकल महिलाको पीडा : लकडाउनमा भिख मागेर ५ सन्तान पाल्दै , भिख नभेटेपछि भोकै
आफू भोकै सुतेपनि छोराछोरीको भोक सहन हुन नसकेको बताइन् । उनलाई दुई छोरा र ३ छोरी छन् ।

२०७७ बैशाख १४ आइतबार, दिउँसो १२:१० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले लगाएको लकडाउनका कारण धनुषाकी एक महिला भिख मागेर छोराछोरी पालिरहेकी छन् ।
धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी बस्ने बर्ष ५५ की कुमारी देवी साह लकडाउनका कारण काम नपाएर भोकै सुत्न बाध्य भएकी हुन् ।
केही वर्ष अगाडी श्रीमानको मृत्यू भएपछि एक छोरा सहित बस्दै आएकी कुमारी देवी लकडाउनले गर्दा पूर्ण रुपमा प्रभावित बनेकी छन् । गरिबीको चपेटामा बस्दै आएकी उनलाई छोराछोरी पाल्न भिख माग्नुपर्ने बाध्यता उत्पनन भएको छ ।
सरकारले विगत १ महिनादेखि लगाएको लकडाउनले अरुमा काम गरी खाने समय समेत नभएको भन्दै गाउँ–टोलहरुमा गएर भिख मागेर ल्याउनु परेको बताएकी छन् ।
जमिन जाथाको नाममा २ धुर घडेरी बाहेक केही नभएको तथा गाउँपालिकाबाट भनिएको राहत समेत नदिएपछि उनी बिचलित भएकी हुन् ।
५ सन्तानलाई लिएर बस्दै आएकी एकल महिला कुमारी देवीले आफू भोकै सुतेपनि छोराछोरीको भोक सहन हुन नसकेको बताइन् । उनलाई दुई छोरा र ३ छोरी छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…