सीमा विवाद रोक्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ, ९ माघ : नेपालका तराई तथा भारतसँग जोडिएका पहाडी तथा हिमाली क्षेत्रमा देखिएका दशगजासम्बन्धी विवादलाई तत्काल रोक्न आदेश माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गर्न

२०७४ माघ ९ मंगलबार, राति १०:२३ बजे१ मिनेट पढाइ

काठमाडौँ, ९ माघ : नेपालका तराई तथा भारतसँग जोडिएका पहाडी तथा हिमाली क्षेत्रमा देखिएका दशगजासम्बन्धी विवादलाई तत्काल रोक्न आदेश माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गर्नुभएको निवेदनमा सीमा रेखा कोर्ने कार्य तत्काल रोक्न अन्तरिम आदेशको माग गरिएको छ ।
सीमा अतिक्रणलाई नरोक्दा देशलाई अपूरणीय क्षति हुने र नेपाली भूमि अतिक्रमण भई गुम्ने खतरालाई हुने उल्लेख गर्दै सीमा क्षेत्रमा जग्गा विवाद पटकपटक भइरहने हुँदा नेपालको संविधानले नेपालको सीमा हेरफेर गर्ने अधिकार कसैलाई प्रदान नगरेको उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…