'ओलीले मानवताविरुद्धको अपराध गरे, राजीनामा दिनुपर्छ कि पर्दैन ?'
न्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीले सरकार सञ्चालनको वैधानिकता गुमाइसकेको बताएका छन् । यस्तो संवेदनशील र गम्भीर परिस्थितिमा लोकतन्त्रलाई समाप्त पार्ने, अधिनायकवाद लाद्ने, अस्थिरता निम्त्याउन अध्यादेश ल्याउनु अक्षम्य पराकाष्टा भएको उनले बताएका हुन्

२०७७ बैशाख १३ शनिबार, बिहान ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीले सरकार सञ्चालनको वैधानिकता गुमाइसकेको बताएका छन् ।
यस्तो संवेदनशील र गम्भीर परिस्थितिमा लोकतन्त्रलाई समाप्त पार्ने, अधिनायकवाद लाद्ने, अस्थिरता निम्त्याउन अध्यादेश ल्याउनु अक्षम्य पराकाष्टा भएको उनले बताएका हुन् । उनले भने, ‘यस्तो अपरिपक्व, अदुरदर्शी निर्णय गर्ने सरकारलाई के भन्ने ? यो सरकार सञ्चालनको अक्षमताको निशानी हो ।’
प्रधानमन्त्री ओलीले मानवताविरुद्धको अपराध गरेको महतो बताउँछन् । ‘मैले यसलाई मानवताविरुद्धको अपराध पनि भनेको छु । कोरोनाको महामारीका बेलामा मानवीय संवेदनशीलतालाई पनि ध्यान नदिएर मुलकलाई अस्थिरता र निरंकुशतातिर धकेल्ने काम गर्ने सरकारलाई लायक भनिदैँन,’ उनले भने ।
अब यो सरकार शासन गर्ने योग्य हो कि होइन भन्ने प्रश्न उठेको महतोको भनाई छ । उनले भने, ‘आफूले गरेका निर्णयको औचित्य पुष्टि गर्न नसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने छ ?’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…