प्रधानमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठ्यो : जनार्दन शर्मा
अब तत्काल नेकपाको स्थायी कमिटीको बैठक बोलाउनुपर्ने पनि शर्माले बताए ।

२०७७ बैशाख १२ शुक्रबार, राति १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ ।
तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि नै प्रश्न उठाएका छन् । सरकारले पार्टी फुटाउने अध्यादेश जारी गरेलगत्तै स्थायी कमिटीको बैठक बोलाउन २० जना स्थायी कमिटीका सदस्यले अध्यक्षद्वयलाई हस्ताक्षर बुझाएका थिए ।
उनीहरुले तत्काल बैठक बोलाउनुपर्ने माग यथावतै रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषदको बैठक राखेर दुबै अध्यादेश फिर्ता लिने निर्णय गरिसकेका छन् । राष्ट्रपतिबाट दुवै अध्यादेश खारेज भइसकेका छन् ।
तर, प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिएर मात्रै नपुग्ने भन्दै नेकपाका नेताहरुले उनको नैतिकतामाथि प्रश्न उठाएका छन् । स्थायी कमिटीको बैठकको माग गर्दै हस्ताक्षर बुझाउने २० मध्येका एक सदस्य जनार्दन शर्माले प्रधामन्त्रीका अगाडि एउटा गम्भीर नैतिक प्रश्न खडा भएको बताएका हुन् ।
तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता गराउन अहम भूमिका खेलेका पूर्वमन्त्री शर्माले प्रधानमन्त्रीमाथि मात्रै नभई नेकपामाथि नै प्रश्न उठेको बताए । अब तत्काल नेकपाको स्थायी कमिटीको बैठक बोलाउनुपर्ने पनि शर्माले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…