धनुषामा बजार बन्द गराउन गएका प्रहरी कुटिए
एक युवकमाथि प्रहरीले हात छाडेपछि विवाद भएको एक प्रत्यक्षदर्शीले बताए ।

२०७७ बैशाख १२ शुक्रबार, राति ८:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा दुई प्रहरीमाथि कुटपिट भएको छ ।
लकडाउनमा लागेको बजार बन्द गराउन जाँदा प्रहरीका असइ र हवल्दार कुटिएका हुन् ।
धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरस्थित लवकुश चोकमा लागेको बजार बन्द गराउन गएका प्रहरी चौकीका असई शंकर यादव र हवल्दार नागेन्द्र यादवमाथि कुटपिट भएको हो ।
बजार बन्द गर्न प्रहरीले गरेको आग्रह नमानेपछि ठेलामा जलेवी र समोसा बेच्ने एक युवकमाथि प्रहरीले हात छाडेपछि विवाद भएको एक प्रत्यक्षदर्शीले बताए ।
प्रहरीले युवकमाथि हात छोडेपछि त्यहाँ रहेका युवकले समेत प्रहरीमाथि हातपात गर्न थालेपछि त्यहाँ रहेका केही व्यक्तिहरुले समेत प्रहरीमाथि कुटपिट गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…