धनुषामा भयंकर हावाहुरी र असिना, सयौं घरको टाली ध्वस्त !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आज आएको असिनापानी (पत्थर) का कारण सयौं घरको टाली (खपरा) ध्वस्त भएको छ । सदरमुकाम जनकपुरदेखि उत्तरी पश्चिमी कुनामा आज परेको असिनापानीका कारण सयौं घरको टाली खपराहरु नास भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ८ कुसुम विसौनामा दिउँसै आएको हावाहुरी र असिनापानीका कारण

२०७७ बैशाख १२ शुक्रबार, दिउँसो २:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आज आएको असिनापानी (पत्थर) का कारण सयौं घरको टाली (खपरा) ध्वस्त भएको छ ।
सदरमुकाम जनकपुरदेखि उत्तरी पश्चिमी कुनामा आज परेको असिनापानीका कारण सयौं घरको टाली खपराहरु नास भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ८ कुसुम विसौनामा दिउँसै आएको हावाहुरी र असिनापानीका कारण घर उपर राखिएको टाली नष्ट गरेको हो ।
ठुलो असिना पानीका कारण घरको छाना, जस्तापाता, आँपको टिकुला सबैमा हानी नोक्सानी भएको स्थानीय किसान जय कुमार महतोले जानकारी दिए ।
.jpg)
सिँहका अनुसार करिब १ बजे आएको ठुलो हावाहुरी र असिनाका कारण आँप, बाली, तरकारी, घर सबैमा ठुलो नोक्सानी पुगेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…