सरकारको विरोधमा सडकमा नेविसंघ
न्यूज ब्यूरो, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग ग्दै शुक्रबार विरोध प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकासहित देशैभर पाँचरपाँचजना जम्मा भएर विरोध प्रदर्शन गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । सरकारले हालै मात्र राजनीतिक दल विभा

२०७७ बैशाख १२ शुक्रबार, बिहान ११:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग ग्दै शुक्रबार विरोध प्रदर्शन गरेको छ ।
काठमाडौं उपत्यकासहित देशैभर पाँचरपाँचजना जम्मा भएर विरोध प्रदर्शन गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।
सरकारले हालै मात्र राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गरन् सक्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको छ ।
कोरोना महामारी रोकथाम गर्नु पर्नेबेलामा देशमा अस्थिरता ल्याउन अधिनायकवादउन्मुख भएर विधेयक ल्याइएकोले विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।
सरकारले तत्काल तत्काल अध्यादेश फिर्ता नगरे देशैभर आन्दोलनलाई निरन्तरता दिने महामन्त्री भट्टराईले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…