जनकपुरका १ जना सहित दुई जनामा कोरोना पुष्टि, २७८ जना 'रेडजोन' मा
उनीहरुमा सँक्रमण हुन सक्ने भन्दै रेडजोनमा राखिएको बताईएको छ ।

२०७७ बैशाख ११ बिहीबार, दिउँसो ४:५५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका एक पुरुष सहित अन्य एक महिलामा आज कोरोना पुष्टि भएको छ । यसैसँगै कोरोनाको कुल सँक्रमित सँख्या ४७ पुगेको छ ।
स्वाब सँकलन र पिसिआर टेस्टको क्रममा जनकपुर अञ्चलको सर्लाही जिल्लाका एक १४ बर्षिय पुरुष सहित एक ५५ बर्षिय महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।
नियमित मिडिया ब्रिफिँगको क्रममा डा. देवकोटाले उदयपुर र जनकपुरबाट गरिएको स्वाब सँकलनपछिको टेस्टको क्रममा आज (विहिबार) दुई जनामा कोरोना सँक्रमणको पुष्टि भएको बताएका छन् ।
उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई दिन अगाडि सर्लाहीका क्वारेन्टाइनमा रहेका ६५ जनाको र्यापिड डाइग्नोस्टिक टेस्टबाट एन्टिबडी परीक्षण भएको थियो। परीक्षणका क्रममा उनमा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना जनकपुर ल्याइएको थियो।
सर्लाहीको दक्षिण क्षेत्रमा पर्ने धनकौल गाउँपालिका ती किशोर क्वारेन्टाइनमा बस्दै आएका थिए। भारतबाट आएका उनलाई सुरक्षाकर्मीले क्वारेन्टाइनमा राखेका थिए।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…