पार्टी फुट्दैन, फुटाउन चाहनेको सपना चक्नाचुर गरिदियौं : महतो
न्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन् । बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम पछि गर्ने बताए । उनले समाजव

२०७७ बैशाख ११ बिहीबार, दिउँसो १२:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन् ।
बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम पछि गर्ने बताए । उनले समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको दाबी गरे ।
बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । नेताहरुको पद बाँडफाँट गरिएको छैन । एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ भने झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ ।
यो एकताबाट पार्टीका कतिपय नेताहरु असन्तुष्ट रहेको र उनीहरुले पार्टी फुटाउने चर्चा चलिरहेको बेला नेता महतोले भने पार्टी नफुट्ने दाबी गरे । महतोले राजपा र समाजवादी पार्टी फुटाउने षड्यन्त्र असफल भएको बताए ।
एकदलीय सोच राखेर सरकारले प्रतिपक्षी दललाई फुटाउन रातारात अध्यादेश ल्याएपछि आफूहरूले रातारात जुटेर जवाफ फर्काएको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…