'समाजवादी नेता डा. यादवलाई पूर्व आईजीपि सर्बेन्द्र खनाल अपहरणशैलीमा लगे'
अधिकार र पहिचानको प्रदेश २ सरकारलाई समाप्त गर्न चक्रव्यूह रचेको हो ।

२०७७ बैशाख १० बुधबार, राति ९:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी पार्टीका नेता एवम् पूर्व मन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमान्डौ लगिएको बताइएको छ ।
देशमा अध्यादेशको चर्चा चरमोत्सकर्षमा चलिरहँदा तथा पार्टीमा फुटाफुटको चर्चा चलिरहँदा पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहनुभएका डा. यादवलाई प्रहरीले अपहरण शैलीमा काठमान्डौ लगिरहेको बताइएको छ ।
न्यूज ब्यूरोसँगको कुराकानीमा प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले डा. यादवलाई पूर्व आईजीपी सर्बेन्द्र खनाल सहितको टोलीले उनलाई बर्दिवासबाट अपहरण गरी काठमान्डौं लगिरहेको बताउनुभएको छ ।
आज दिनभरि माननीय कौशल यादव र डा. सुरेन्द्र यादवलाई महोत्तरीका एसपी सहित पूर्व आईजीपी सर्बेन्द्र खनालको टोली अपहरण शैलीमा पक्राउ गरी काठमान्डौ तर्फ लगेको छ । एक घण्टा अगाडी मात्र उनलाई बीपि राजमार्गबाट गाडीमा लगिएको छ ।”– उहाँले भन्नुभयो ।
देशमा वर्तमान राजनीतिक परिस्थितिका कारण डा. यादवलाई वर्तमान सरकारले सुराकी मार्फत पक्राउ गरी काठमान्डौं अपहरण शैलीमा लगेको आरोप मन्त्री यादवले लगाउनुभएको छ ।
बर्दिवास स्थित रहेको गौत्तम होटलमा खाजा खुवाएर गाडीमा हाली काठमान्डौको लागि लगिएको उहाँले न्यूज ब्यूरोसँग भन्नुभयो । दिनभरि कौशल यादव र डा. सुरेन्द्र यादवलाई महोत्तरीको विभिन्न ठाउँमा घुमाउँदै आफूहरु खोज्न जाँदा लुकाएर लिएर भागेको आरोप लगाउनुभएको छ ।
उहाँले भन्नुभयो– “केपी शर्मा ओलीको सरकार, ओलीको बोली र पैसाको बलमा प्रदेश सरकारको अधिकारलाई समाप्त गर्न खोजेको हो । अधिकार र पहिचानको प्रदेश २ सरकारलाई समाप्त गर्न चक्रव्यूह रचेको हो । पार्टी विभाजनको लागि ठुलो षडयन्त्र गरी काठमान्डौ अहिले अपहरण शैलीमा लिएर भागेको छ ।”
उहाँले जानकारी पश्चात आफू स्वयंम गौत्तम होटलमा गएको जनाउँदै त्यतिबेला डा. यादवको ससुराली महोत्तरीको गौशाला गएको भनेर ढाटदै लगेको बताउनुभयो । उहाँले यो षडयन्त्रमा महोत्तरीका एसपी समेत सँलग्न रहेको आरोप लगाउनुभएको छ ।
ओली सरकारको भ्रष्टाचारको मुद्दा लुकाउनको लागि डा. यादवलाई अपहरण गरी काठमान्डौ लगेको मन्त्री यादवले आरोप लगाउनुभएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…