उदयपुरमा थप ३ जनामा कोरोना पुष्टि
न्यूज ब्यूरो, काठमाडौं । उदयपुरका थप तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट संकलन गरी ल्याइएका स्वाब (नमूना) को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । ‘योसँगै अब संक्रमितको संख्या ४५

२०७७ बैशाख १० बुधबार, दिउँसो ४:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । उदयपुरका थप तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।
उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट संकलन गरी ल्याइएका स्वाब (नमूना) को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।
‘योसँगै अब संक्रमितको संख्या ४५ पुगेको छ,’ स्वास्थ्य मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । यी ३ जनामा पुष्टि भएसँगै उदयपुरमा संक्रमित हुनेको संख्या २७ पुगेको छ ।
देशभरका संक्रमित ४५ मध्ये ७ जना निको भई घर फर्किसकेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…