कलैया राहत प्रकरण : मेयरसहित १२ जनाविरुद्ध मुद्दा दायर
न्यूज ब्यूरो, पर्सा । पर्साको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको छ । राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका नगर प्रमुख यादवसहित १२ जना विरुद्ध कालोबजार तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत प्रहरीले मुद्दा दर्ता गरेको हो । वितरण गरिएको दाल

२०७७ बैशाख १० बुधबार, दिउँसो ४:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, पर्सा । पर्साको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका नगर प्रमुख यादवसहित १२ जना विरुद्ध कालोबजार तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत प्रहरीले मुद्दा दर्ता गरेको हो । वितरण गरिएको दाल बरामद गरी घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले नगर प्रमुखको संलग्नता रहेको दाबी गर्दै मंगलबार सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।
मंगलबार नै उनलाई बारा जिल्ला अदालत पेश गरिएको थियो । अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
बुधबार प्रहरीले नगर प्रमुखका काकाको छोरा रोशन भनिने रविन्द्र यादवलाई पनि नियन्त्रणमा लिएको छ । अनुसन्धानको क्रममा राहतको नाममा कुहिएको दाल वितरणमा जनप्रतिनिधिहरु फस्दै गएको देखिएको प्रहरीले बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…