प्रदेश २ः मेयर र ५ वडाध्यक्ष सहित ७ जना पक्राउ !
राहतमा वितरण गरिएको दाल गुणस्तरहीन पाईएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

२०७७ बैशाख ९ मंगलबार, दिउँसो २:०७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । गरिब र विपन्नलाई राहतमा कुहिएको दाल बाँडिएको आरोपमा मेयर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश नं. २ को बारा जिल्लाको कलैया उपमहानगरपालिकाका मेयर, वडाध्यक्षहरु सहित सचिवलाई समेत पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै बारा प्रहरीका प्रहरी प्रमुखले मेयर राजेश राय यादव सहित ५ जना वडाध्यक्ष र २ जना सचिवलाई नियन्त्रणमा लिएको बताउनुभयो ।
मेयर यादव सहित प्रहरीले अनुसन्धानका लागि भन्दै वडा नं. १३ का वडाध्यक्ष राजन प्रसाद कुर्मि, वडा नं. २६ का वडाध्यक्ष महेश साह, वडा नं. ११ का वडाध्यक्ष सर्वुनारायण चौधरीलाई , कलैया–१ का वडाध्यक्ष हरिओम साह र वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारीलाई पक्राउ हो ।
यसका साथै, प्रहरीले कलैया–२० का वडा सचिव खेदु मियाँ, कुहिएको दाल बिक्री गर्ने यादव आईस एण्ड कोल्ड स्टोरका कर्मचारी कृष्णप्रसाद यादव र कोल्डस्टोरमा दाल स्टोर गर्ने उद्योगी तेजकरण जैनलाई पनि पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकामध्ये जैनलाई काठमाण्डौ किर्तिपुरबाट र अन्य सवैलाई बाराबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…