जनकपुरः RDT रिपोर्ट पोजिटिभ देखिएका एक व्यक्तिको PCR नेगेटिभ
प्रेस काउन्सिलले यसलाई आचार संहिताको उलंघन र कोरोना महामारी सँयमता उलंघन गरेको बताउँछन् ।

२०७७ बैशाख ८ सोमबार, बेलुकी ७:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज प्रदेश नं. २ को धनुषा जिल्लाको एक पालिकाको क्वारेन्टाईनमा देखिएको आरडिटी रिपोर्ट पोजिटिभमा पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ ।
भारतबाट आएकोमा १४ दिनपछि गरिएको आरडिटी परीक्षणपछि क्वारेन्टाईनमै पोजिटिभ देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर चेकअपको लागि ल्याइएको थियो ।
प्रादेशिक अस्पतालका सम्बन्धित चिकित्सक डा. कुलदिप पण्डितले आरडीटि रिपोर्ट पोजिटिभ देखिएका व्यक्तिको पिसिआर अर्थात अन्तिम रिपोर्ट नेगेटिभ देखिएको बताउनुभएको छ ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै डा. पण्डितले दिउँसो अस्पताल ल्याइएका उनको स्वाब परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको र केही बेरमै डिस्चार्ज गरिने बताउनुभएको छ ।
यता, जनकनन्दिनी गाउँपालिकाकी उप प्रमुख भारती कार्कीले व्यक्तिको विवरण खुल्ने गरी समाचार प्रकाशन प्रकाशित गरेकोप्रति खेद प्रकट गर्नुभएको छ ।
कोरोनाको महामारीमा शंकास्पद व्यक्ति भएपनि उनको व्यक्तिगत गोपनीयता कायम राख्दै सूचना प्रकाशन प्रसारण गर्न भनिएपनि केही मिडियाहरुले गोपनीयता भँग गरी समाजिक सदभाव खलबलाएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, - "अन्तत रिपोर्ट नेगेटिभ नै आयो नी, अब उ मान्छेको हेर्ने दृष्टिकोण समाजको कस्तो हुन्छ ? मिडिया हुँदैमा जेपनि गर्ने ? मान्छेको प्रतिष्ठासँग खेलवाड गर्न पाउने छुट कसैलाई छ त ?"
उहाँले समाचार माध्यहरुमा पूर्ण विवरण सहित समाचार आएपछि उनका परिवारजनमा पीडा छाएको बताउनुभयो । व्यक्तिको परिचय खुल्ने गरी समाचार प्रकाशन प्रकाशित गरी मिडियाले परिवार र समाजमा पीडा थपेको बताउनुभयो ।
जनकपुरका केही मिडियाहरुमा आरडीटि रिपोर्ट एक व्यक्तिको पोजिटिभ देखिएपछि नाम, ठेगाना गरी फोटो समेत हालेर समाचार प्रकाशन प्रकाशित गरेको थियो ।
प्रेस काउन्सिलले यसलाई आचार संहिताको उलंघन र कोरोना महामारी सँयमता उलंघन गरेको बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…