धनुषा: क्वारेन्टाईनमा एक जनाको RDT रिपोर्ट पोजिटिभ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को एक पालिकाको क्वारेन्टाइनमा बसेका एक जनामा RDT ( rapid diagnostic test) रिपोर्ट पोजिटिभ देखिएको छ । धनुषाको एक पालिकाको क्वारेन्टाईनमा चेकजाँचको क्रममा आरडीटि रिपोर्ट पोजिटिभ देखिएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । क्वारेन्टाईनमा राखेको आईतबार १४ दिन

२०७७ बैशाख ८ सोमबार, दिउँसो १२:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को एक पालिकाको क्वारेन्टाइनमा बसेका एक जनामा RDT ( rapid diagnostic test) रिपोर्ट पोजिटिभ देखिएको छ ।
धनुषाको एक पालिकाको क्वारेन्टाईनमा चेकजाँचको क्रममा आरडीटि रिपोर्ट पोजिटिभ देखिएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
क्वारेन्टाईनमा राखेको आईतबार १४ दिनपछि गरिएको टेस्टको क्रममा उनको RDT रिपोर्ट पोजिटिभ आएको बताइएको छ । उनलाई अहिले क्वारेन्टाईनमै राखिएको हो ।
सोही क्वारेन्टाइनमा बस्ने ८ जना आईतबार नै डिस्चार्ज भएर होम क्वारेन्टाइनको लागि फर्केका छन् । सो क्वारेन्टाईनमा बसेका ९ जनाध्ये एक जनाको आरडीटि रिपोर्ट पोजिटिभ देखिएको हो ।
रिपोर्ट पोजिटिभ आएपछि स्वाब सँकलन गरी पिसिआर परीक्षणको लागि जनकपुरको प्रादेशिक अस्पताल ल्याउने भएको छ ।
(व्यक्तिको गोपनीयता कायम राख्दै नाम, ठेगाना, वतन र विवरण उल्लेख गरिएको छैन ।)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…