जनकपुरः रड प्रहार गरी आफ्नै वुवाको हत्या !
नथुनीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताउनुभयो ।

२०७७ बैशाख ८ सोमबार, बिहान ८:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लामा गएराती छोराले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ बस्ने अन्दाजी बर्ष ५५ का सुखिया सदालाई उनकै छोरा अन्दाजी बर्ष ३० का नथुनी सदाले रड प्रहार गरी हत्या गरेको हो ।
गएराती बाबुछोरामा समान्य झगडा परेपछि बुवाको टाउकोमा रड प्रहार गरी हत्या गरिएको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक दीपक बाबु केसीले जाननकारी दिनुभयो ।
प्रहरीका अनुसार, लकडाउनको बेला खेतमा काम गर्ने उनका वुवाले नथुनीलाई पनि काम गर्न अह्राएपछि काम नगरीकनै सधै पैसा माग्ने गरेकोमा पैसा नदिएपछि विवाद भएको थियो ।
बुवासँग पैसा मागेका नथुनीले उनको वुवा पैसा नदिएपछि सोही विषयमा समान्य भनाभन भएको थियो । भनाभनको क्रममा रिसाएर सुखियाले नथुनीलाई समान्य तवरले लठ्ठी प्रहार गरेर बाहिर निस्के । सोही लगत्तै नथुनी पनि रिसमा बुवाको पछि पछि निस्केका थिए ।
टोलबाट घुमेर दुवै जना फेरी आफ्नै घर अगाडी सडकमा हातावाही गर्न थालेपछि झन विवाद भएको थियो । सोही क्रममा आवेगमा आएका नथुनीले रड लिएर नै सुखियाको टाउको पछाडी हानेपछि उनको घटनास्थलमै मृत्यू भएको ईन्सपेक्टर केसीले बताउनुभयो ।
रड प्रहार गर्दै बुवाको हत्या गरी भागेका नथुनीलाई आज विहान ३ बजेको समयमा ईलाका प्रहरी कार्यालय यदुकूहाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सुखिया उपर रड एक पटक मात्र प्रहार गरिएको छ । टाउकोको अति संवेदनशिल ठाउँमा प्रहार गरेपछि उनको तत्कालै घटनास्थलमै मृत्यू भएको हो ।
नथुनीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…