प्रदेश २ : कोरोना नियन्त्रणमा रकम अभाव भएपछि यी शिर्षकको बजेट रोकियो
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयले विभिन्न १४ वटा खर्च शीर्षकहरूको बजेट रोकेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि बजेट अभाव भएकाले १४ शीर्षकको बजेट रोक्का गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री स्तरीय निर्णय बमोजिम रोक्का गरिएको शीर्षकको बजेट कोरोना भा

२०७७ बैशाख ७ आइतबार, बेलुकी ६:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयले विभिन्न १४ वटा खर्च शीर्षकहरूको बजेट रोकेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि बजेट अभाव भएकाले १४ शीर्षकको बजेट रोक्का गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्री स्तरीय निर्णय बमोजिम रोक्का गरिएको शीर्षकको बजेट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि खर्च गरिने अर्थ मन्त्रालयका शाखा अधिकृत राजनकुमार झाले जनाए । मन्त्रालयले बजेट रोक्का गरेको पत्र प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पठाएको छ ।

२०७७ बैशाख ७ सम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आव्हन भइसकेको बाहेक बाँकी रहेको बजेट तत्काल लागू हुने गरी मन्त्रिस्तरीय निर्णयअनुसार रोक्का गरिएको पत्रमा उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…