किडनी उपचारको लागि आयुर्वेद अमृत
काठमाडौँ, ८ माघ : किडनीको विरामीलाई अब आयुर्वेद अमृत साबित भइरहेको छ । आयुर्वेदीय उपचार पद्धति अपनाएर स्वास्थलाभ लिएर पहिलेकै अवस्थामा खुशी जीवन बिताइरहेका मानिस पनि अहिले धेरै भेटिने गरेका छन् । कुलुङ–८ भोजपुर घर भई हाल अनामनगर बस्ने ५६ वर्षीय भीमादेवी चौहानलाई निकै असहज महसुश भयो । त्यसपछि उपचारका

२०७४ माघ ८ सोमबार, बिहान ९:१९ बजे३ मिनेट पढाइ
काठमाडौँ, ८ माघ : किडनीको विरामीलाई अब आयुर्वेद अमृत साबित भइरहेको छ ।
आयुर्वेदीय उपचार पद्धति अपनाएर स्वास्थलाभ लिएर पहिलेकै अवस्थामा खुशी जीवन बिताइरहेका मानिस पनि अहिले धेरै भेटिने गरेका छन् ।
कुलुङ–८ भोजपुर घर भई हाल अनामनगर बस्ने ५६ वर्षीय भीमादेवी चौहानलाई निकै असहज महसुश भयो । त्यसपछि उपचारका लागि क्यापिसल एण्ड रिसर्च अस्पताल लगियो । त्यहाँबाट ग्राण्डी अस्पतालमा जान भनियो । डाक्टरले उहाँको मिर्गौला निकै खराब भएकाले डायलासिस गर्नुपर्ने सल्लाह दिनुभयो ।
भीमादेवीले भन्नुभयो, “डाक्टरले मिर्गौला काम गर्दैन, डायलासिस गर्नुपर्छ भनेको सुन्दा म झसङ्ग भए, तर मैले त्यहाँ डायलासिस गरिन, आयुर्वेदिक औषधि खाएँ ।”
भीमादेवीलाई उहाँका ज्वाइँ मोहन घिमिरेले कुपण्डोल गुरुद्वार नजिकै रहेको श्री गणेश आयुर्वेदीय औषधालयमा लानुभयो । वैद्यसँग परामर्श गरी औषधि खान शुरु गर्नुभयो । शुरुमा उहाँको क्रिटिनाइन ६.३ थियो । उपचारपछि क्रमशः ५.३ हुँदै अहिले ३.४ सम्म आइपुगेको छ । औषधिको प्रयोगसँगै उहाँको स्वास्थ्य अवस्था सामान्य भएको छ ।
मानिसको शरीरमा क्रिटिनाइन १.४ सामान्य मानिन्छ ।
भीमादेवीको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उहाँ आफँैले मजाले हिँड्डुल गर्ने, खाना खाने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “जीवन सकिए जस्तो लागेको थियो तर वैद्यको औषधिले बचायो ।” उहाँले खुशी व्यक्त गर्नुभयो । उहाँको अवस्था अस्पताल लैजाँदा निकै शिथिल भइसकेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…