प्रदेश २ः मस्जिदलाई लिएर झडप, ८ जना घाईते !
न्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्सा जिल्लामा मस्जिदको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । झडपमा ८ जना घाईते भएको प्रहरीले जनाएको छ । पर्सा जिल्लाको बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलमा शनिबार (हिजो) बेलुकी दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। मौज

२०७७ बैशाख ७ आइतबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्सा जिल्लामा मस्जिदको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । झडपमा ८ जना घाईते भएको प्रहरीले जनाएको छ ।
पर्सा जिल्लाको बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलमा शनिबार (हिजो) बेलुकी दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मौजेटोलमा देवान र कलवार पक्षबीच भएको झडपमा दुवै पक्षका गरी ८ जना भन्दाबढी घाइते भएको प्रहरीले जनाएको छ ।
घाईते हुनेहरुमा देवान पक्षका फैयाद देवान, फतिमा खातुन, मखमुल राय भाट र बडिया राय भाट तथा कलवार पक्षका चन्दन गुप्ता कलवार, सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी छन्।
घाइतेहरुको वीरगन्जस्थित नेशनल मेकिडल कलेज र गण्डक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वडासदस्य फकरुद्धिन देवानका अनुसार, मौजेटोलमा रहेको मस्जिदमा शनिबार बेलुकी केही व्यक्तिले ढुङगा, इँटा प्रहार गरेपछि त्यही विषयलाई लिएर झडप भएको हो ।
४÷५ जना उच्छृङ्खल व्यक्तिले मस्जिदमा बाहिरका जमाती ल्याएर राखिएको भन्दै ढुङगा, इँटा हान्न थालेपछि मस्जिद छेउकै स्थानीयले प्रतिवाद गर्दा झडप हुन पुगेको वडा सदस्य देवानले बताए ।
यात्राडेलीको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…