प्रदेश २ः RDT पोजिटिभ आएका दुवै जनाको PCR रिपोर्ट नेगेटिभ !
प्रदेश नं. २ को लागि आज (शनिबार) सम्मको अपडेट अनुसार पोजिटिभको सँख्या यथावत रहेको छ ।

२०७७ बैशाख ६ शनिबार, राति ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आरडिटी टेस्टको क्रममा पोजिटिभ देखिएको दुई जनाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ ।
समाजिक विकास मन्त्रालयका सचिव एवम सूचना अधिकारी राम प्रसाद घिमिरेका अनुसार यसअघि दुई जनामा आरडीटी रिपोर्ट पोजिटिभ आएपछि पुनः पिसिआरमा चेक गरेपछि नेगेटिभ आएको हो ।
उहाँले सप्तरीमा आज देखिएको दुई जनाको आरडिटी रिपोर्ट पोजिटिभ देखिएपछि पिसिआर चेक गर्न लगाइएको थियो । टेस्टको क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।
उहाँले आरडिटी किटबाट चेकजाँच गर्दा पोजिटिभ देखिएकोमो पिसिआर टेस्टको क्रममा दुवै जनाको रिपोर्ट नेगेटिभ प्रमाणित भएको बताउनुभयो ।
यसअघि सर्लाहीमा पनि एक जनाको आरडिटी पोजिटिभ देखाएपनि पिसिआर टेस्ट भने नेगेटिभ देखाएको जनाइएको छ ।
समाजिक विकास मन्त्रालयका सचिव घिमिरेले जनकपुरमा पक्राउ परेकी दुई महिलाको सन्दर्भमा उनीहरुको पिसिआर रिपोर्ट भोली (आईतबार) मात्र आउने बताउनुभयो ।
पक्राउ परेकी दुई महिलामध्ये एक जनामा आरडिटी रिपोर्ट पोजिटिभ देखिएको हो । कोरोना बारे अन्तिम रिपोर्ट भने भोली मात्र आउने बताइएको छ । प्रदेश नं. २ मा अहिलेसम्म ४ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश नं. २ को लागि आज (शनिबार) सम्मको अपडेट अनुसार पोजिटिभको सँख्या यथावत रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…