ताली पिटने हामी नै होइन र ?
इच्छाशक्ति भएपछी सिमित स्रोत र साधनले पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण बनौ र कोरोना महामारीको अन्त्य गरौ ।
२०७७ बैशाख ६ शनिबार, बिहान ८:५९ बजे३ मिनेट पढाइ

अहिले भैरहेको अभावको जिम्मेवार को , जनता कि नेता ? भोट दिनेबेलामा , दोषारोपण गर्दा तालि पिट्ने हामि नै हैन र ? अहिले देश लुटे, भ्रस्टाचार गरे भनेर भन्दा केहि अर्थ छ र ? अझैपनि सचेत देशभक्त नागरिक हौ भने कुशासनको बिरुद्ध आवाज उठाऔं ।
आज हरेक नागरिकको मनमा सायद यिनै प्रश्न छन् , यो महामारी कहिलेसम्म लम्बिएला ? कति मान्छे मर्लान ? देशको देशको अर्थतन्त्र कस्तो होला ? यसले नेपाल लाइ कस्तो असर गर्ला ? यी र यस्ता धेरै प्रश्नको उत्तर हामीसंग छैन ।
कोरोनाको डर संगै नागरिकमा चेतनाको स्तर निकै बढेको छ , सुचनामा पहुँच बढेको छ , अब नागरिक व्यक्तिगत स्वतन्त्रता बारे थप चर्चा गर्नेछन ।
अबको आउने चुनाबमा नागरिकले नेता चुन्दा पहिलेको भन्दा बढी बिचार अवश्य पुर्याउनेछन , बिकासका साथै शिक्षा र स्वास्थ्यलाई मुद्दा बनाउने नेताको खोजि बढी गर्नेछन ।
किनकि जनताले रक्सि र मासुको महत्व र मूल्य अहिलेको परिस्थितिले बुझिसकेका छन् । अहिले नागरिक र शासकबिच रहेको खाडल पुर्ने पद्धतिको खोजि क्रमश स् हुदै जानेछ । हालको असफलताले कोरोना कहर पछि नागरिक को बिश्वास जित्न सरकारलाई थप दवाब पर्नेछन ।
कोरोनाको यो तरंगले फेरी लोकतन्त्र र नेतृत्वबारे बहस छेडिनेछ , राष्ट्रियता अनि बिश्वब्यापी स्वास्थ्य सेवा बारे व्यापक छलफल हुनेछ । कोरोना भाइरस महामारीको दिर्घकालिन प्रभावबारे अहिल्यै पूर्वानुमान गरिहाल्न अलि हतार होला तर अर्थतन्त्रमा निकै गहिरो असर पार्ने निश्चित छ ।
अमेरिका जस्तो बलियो अर्थतन्त्र भएको देशमा पनि २०% ले आफ्नो जागिर गुमाउने अनुमान लगाइदै छ, त्यस्तै भारतमा पनि २३% ले आफ्नो जागिर गुमाउने अनुमान गरिएको छ ।
हामि भने महामारीको बेलामा स्वास्थ्य संरचनाबारे मात्र चिन्तित छौ , तर हाम्रो अर्थनीति वा मजदूर नितिबारेको हाम्रो तयारी कति फितलो रहेछ भन्ने पनि स्पष्ट भएको छ ।
समाजको प्रतिरोधात्मक क्षमता बारे हामीले केहि गर्न सकेका रहेनछौ । यो त अवश्य हो कि यस महामारीले राजनीतिक र आर्थिक अबस्थामा स्थाई परिवर्तन ल्याउनेछ ।
दोस्रो विश्वयुद्ध पश्चात सबैभन्दा ठुलो संकटको रुपमा आएको कोभिड–१९ ले जलवायु परिवर्तनको मुद्दालाई संसारकै आँखा अगाडी ल्याई दिएको छ । क्वारेन्टिनमा बस्दाबस्दै मानिसमा भिडभाड देखि डराउने स्वभाव देखिन थालिसकेको छ ।
हुनेले नहुनेलाई सहयोग गर्ने उत्तम समय यहि हो , सरकारले ल्याएको वा अझै ल्याउने आर्थिक प्याकेजले मात्रै समस्या समाधान हुनेवाला छैन । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ का कारण विभिन्न देशमा गरिएको लकडाउन अहिले नै अन्त्य गरे त्यसले घातक परिणाम ल्याउने चेतावनी समेत दिई सकेको अबस्था छ ।
सरकारले लकडाउन बैशाख १५ सम्म थप्ने निर्णय गरेको छ साथै भारतमा पनि बैशाख २१ सम्म लकडाउन जारि राख्ने निर्णय छ । भारतमा करिब १० हजार भन्दा बढी संक्रमित भैसके र ४५० भन्दा बढीको ज्यान गैसकेको छ ।
महामारी नियन्त्रण र न्यूनीकरण मानिसकै समर्थ्यबाहिर चाहि होइन , बैज्ञानिकहरुले के पनि भनेका छन् भने भाइरसले एक शरिरबाट अर्को शरीरमा सर्ने अबसर पाएन भने त्यसको आयु निश्चित समयमा आफै समाप्त हुन्छ ।
आशागरौ यो महामारीबाट विश्वले केहि दिनमै पार लगाउने छ , आगामी दिनमा देशले चाल्नुपर्ने कदमहरुलाई सत्ताम बसेकाहरुले चिन्तन र मनन गरुन । राजनीतिज्ञले र मुख्यरुपमा पदमा बसेकाहरुले क्षमता देखाउने समय पनि यहि हो ।
यस्तो समयमा राज्यबाट पाउने अतिरिक्त सुबिधा नलिनु पनि राज्यलाई सहयोग गर्नु नै हो यो कुरा राजनितीज्ञहरुलाई ध्यान होस् किनकि जनता निकै नै सचेत र संचारमुखी भैसकेका छन् र संचार निकै नै चनाखो र प्रविधियुक्त भैसकेका छन् ।
इच्छाशक्ति भएपछी सिमित स्रोत र साधनले पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण बनौ र कोरोना महामारीको अन्त्य गरौ ।
>> लेखक परिवेश अनुसार समसामयिक बिषयबस्तु मा विगत दुई दशकदेखि विभिन्न संचार माध्यममा कलम चलाइरहनु भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
अमित झा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…