घर जान चाहनेलाई सरकारले गन्तव्यसम्म पुर्याओस् : उपेन्द्र यादव
न्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लकडाउनमा घर जान चाहनेलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । लकडाउनका कारण पीडित भएका गरिब श्रमिक, विद्यार्थी, सानातिना व्यवसाय गरी डेरामा बस्नेहरु, घरेलु कामदार लगायतमध्ये घर जान चाहनेलाई घर जाने व्यवस्था

२०७७ बैशाख ६ शनिबार, बिहान ७:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लकडाउनमा घर जान चाहनेलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
लकडाउनका कारण पीडित भएका गरिब श्रमिक, विद्यार्थी, सानातिना व्यवसाय गरी डेरामा बस्नेहरु, घरेलु कामदार लगायतमध्ये घर जान चाहनेलाई घर जाने व्यवस्था मिलाउन उनले सरकारसँग माग गरेका हुन् ।
लकडाउनले गर्दा दैनिक जिविका चलाउन नसकेर काठमाडौं तथा विभिन्न शहरहरु छाडी आफ्नो घरतर्फ जान लागेका निरिह जनतालाई उचित व्यवस्थापनमा गर्नमा सरकार असफल रहेको अध्यक्ष यादवले आरोप पनि लगाएका छन् ।
उनले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सर्वहारा र श्रमिक वर्गका नाममा नेपालका कम्युनिस्ट सरकार र यसका शासकवर्गले यस कार्यलार्य गम्भीरता पूर्वक नलिनु जनताको अनादर र अपमान गर्नु हो भनि उल्लेख गरेका छन् ।
यस्ता पीडत, कस्ट र असमर्थताको अवस्थामा सरकारले उनीहरुका लागि तत्कालै बस्ने खाने, औषधी आदि व्यवस्था गर्नुपर्ने, घर जान चाहन वा पैदा यात्रा गर्दै बाटोमा विच्चलीमा परेकालाई सरकारले उद्धार गरी गृह जिल्ला वा गन्तव्यसम्म जानका लागि आवश्य व्यवस्था यथाशिघ्र व्यवस्था गर्न उनले माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…