प्रहरीले कार्यशैली सुधार्नुपर्छ : आयोग
न्यूज ब्यूरो, काठमाडौं । लकडाउन पालना गराउने नाममा भएको कुटपिटले स्वास्थ्यकर्मीको मनोबल गिर्ने अवस्था सिर्जना भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । गत बुधबार ड्युटी सकेर फर्किँदै गरेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकत्रय डा. शम्भु खनाल, डा. तेजप

२०७७ बैशाख ५ शुक्रबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । लकडाउन पालना गराउने नाममा भएको कुटपिटले स्वास्थ्यकर्मीको मनोबल गिर्ने अवस्था सिर्जना भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ ।
गत बुधबार ड्युटी सकेर फर्किँदै गरेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकत्रय डा. शम्भु खनाल, डा. तेजप्रकाश शर्मा र डा. विकास शाहमाथि प्रहरीले कुटपिट गरेको थियो । घटनालगत्तै विभिन्न पेसागत संगठनसँग मिलेर अनुगमन गरेको आयोगले चिकित्सकमाथि दुर्व्यवहार भएको निष्कर्ष निकालेको हो ।
आयोगका अनुसार, सुनसरीमा पनि स्वास्थ्यकर्मीमाथि प्रहरीद्वारा कुटपिट भएको छ । प्रहरीका एकपछि अर्का यस्ता हर्कतले स्वास्थ्यकर्मीको मनोबल खस्किने अवस्था सिर्जना भएको भन्दै आयोगले कार्यशैली सुधार्न प्रहरीलाई आग्रह गरेको छ ।
औषधि खरिददेखि अन्य अत्यावश्यक प्रयोजनका लागि घरबाट निस्किएका सर्वसाधारणमाथि पनि दुर्व्यवहार भएको आयोगले बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…