प्रदेश २ सरकारले नेपाल–भारत बोर्डरमा सिसिटिभी क्यामेराबाट निगरानी गर्ने !
सुरक्षाकर्मीलाई एकसय साइकल दिने तयारीमा समेत प्रदेश सरकार जुटेको उनले बताए ।

२०७७ बैशाख ५ शुक्रबार, राति ८:५३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले नेपाल भारत सीमानाकामा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ ।
लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सिसिटिभी जडान गर्न लागेको हो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले न्यूज ब्यूरोसँगको कुराकानीको क्रममा यस्तो जानकारी गराएका हुन् ।
उनले यसका लागि करिब ५ करोड रुपैयाँ खर्च हुने जनाए । धनुषाधामबाट सञ्चालित रेडियो धनुषको कार्यक्रम मधेश मन्थनमा राज्यमन्त्री कुशवाहाले कडा निगरानीको लागि यो कदम उठाउन लागिएको बताए ।
भारतसँग जोडिएको खुल्ला सीमाका कारण भारतबाट रातराती लुकिछिपी नागरिकहरु नेपाल छिर्ने गरेको र त्यसले गर्दा कोरोना संक्रमण रोकथाममा झन कठिनाई भएको भन्दै सिसिटिभी क्यामेरा अर्को विकल्पको रुपमा अघि सारिएको बताए ।
यस्तै, सीमानाकामा निगरानी बढाउनका लागि सुरक्षाकर्मीलाई एकसय साइकल दिने तयारीमा समेत प्रदेश सरकार जुटेको उनले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…