जनकपुरः दुई महिला पैसा फालेर भागिन, कोरोनाको शंकामा नोटलाई टेस्ट गरिने
डिएसपी कार्कीले ती नोटहरुलाई सँकलन गरी ल्याबमा टेस्टको लागि पठाउने बताउनुभएको छ ।

२०७७ बैशाख ५ शुक्रबार, दिउँसो १:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज (शुक्रबार) जनकपुरमा दुई महिलाले नोट फालेर भागेपछि स्थानीयहरुमा त्रास भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ महावीर चौकमा अज्ञात दुई महिलाले १०÷२० का नोटहरु फालेर भागेपछि त्यसमा कोरोना हुन सक्ने शंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी रामेश्वर कार्कीले नोटहरुलाई टेस्टको लागि ल्याब पठाउने बताउनुभएको छ ।
उहाँले दुई अज्ञात महिला बीच सडकमै १० र २० का नेपाली नोटहरु त्यतिकै फालेर भागेको एक स्थानीयलाई उदृत गर्दै बताउनुभयो ।

नोटहरु सटको भित्र पनि पसाएको देखिएको छ । यसले नोटमा कोरोना सँक्रमितको थुक लगाएर छिराएको हुनुपर्ने आशंका गरिएको छ । अहिले महाबीर चोकमा त्रास छ ।
भारतमा समेत केही दिनअघि नोटमा कोरोना पोजिटिभको थुक हालेर रकम सकडमा राखिने गरेको समचारहरु प्रकाशित भएको थियो ।
अहिले नोट उपर प्रहरीले ढुँगा हाल्दै घेरा हालेको छ भने स्थानीयहरुले त्यसमा पनि थुक हालेर कोरोना फैलाउन सक्ने षडयन्त्रण हुन सक्ने आशंका गरेको छ ।
डिएसपी कार्कीले ती नोटहरुलाई सँकलन गरी ल्याबमा टेस्टको लागि पठाउने बताउनुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…