प्रहरीप्रति प्रभु आक्रोसित !
मेहता लगायतका केही निर्दोष व्यक्तिहरुलाई लागुऔषध मुद्दामा पक्राउ पुर्जी पठाएको जनाइएको छ ।

२०७७ बैशाख ४ बिहीबार, राति ८:२३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले झुठा मुद्दा चलाएर निर्दोषलाई फसाउने काम स्वीकार्य नहुने बताएका छन् ।
रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका अध्यक्ष साहले रौतहटमा भएका दुई घटनाप्रति आक्रोशित हुँदै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
रौतहटको दाजुभाइ इट्टा उद्योगका संचालक रामबाबु चौधरी सपरिवारसहित उद्योगका कामदारहरुमाथि आक्रमण भएको र पछि उनीहरुमाथि नै मुद्दा दर्ता भएकोप्रति अध्यक्ष साह आक्रोशित भएका हुन् ।
रौतहटकै ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता तथा नेकपा नगर अध्यक्ष मोहन मेहतालाई संलग्नता नै नभएको मुद्दामा पक्राउ पुर्जी काटेपछि प्रहरी विवादित बनेको छ ।
गत वर्ष चैत्त २ गते रौतहटको गरुडास्थित दाजुभाइ इट्टा उद्योगमा सांघातिक आक्रमण भई दर्जनौं व्यक्ति घाइते भएको थियो ।
पीडितलाई न्याय दिलाउनुको सट्टा आज रौतहट जिल्ला अदालतमा इट्टा उद्योगका संचालक रामबाबु चौधरी सपरिवार सहित झन्डै ४० जनामाथि उल्टै डाँका, शरीर बन्धक तथा अपहरण मुद्दा दायर गरेको भन्दै नेता साहले आक्रोस पोखेका हुन् ।
घटनामा नै नभएका विषयमा काल्पनिक वरदात बनाएर अपराधिक कार्यलाई ढाकछोप गर्न झुठा मुद्दा चलाउने गृह प्रशासनको कार्य निन्दनीय भएको नेता साहले बताएका छन् ।
जारी गरिएको प्रेस विज्ञप्तिमा – “अहिलेको २१औं शताब्दीमा लोकतान्त्रिक अभ्यास गरिरहेको नेपालमा यस्ता जंगली हर्कत किमार्थ स्वीकार्य छैन । तसर्थ यस विषयमा नेपाल सरकारले छानबिन गरी दोषीलाई तुरुन्त कारवाही गरोस् भन्ने माग गर्दछु ।”
ू गत हप्ता नेपाल प्रहरीद्वारा रौतहटकै ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता लगायतका केही निर्दोष व्यक्तिहरुलाई लागुऔषध मुद्दामा पक्राउ पुर्जी पठाएको जनाइएको छ ।
अपराधिक कार्यमा कुनै संलग्नता नै नभएको मेयर लगायतका निर्दोष व्यक्तिलाई बिना प्रमाण पक्राउ पुर्जी काटिएको भन्दै तथ्य र प्रमाण बिना गलत नियतबाट नगरको मुख्य नेतृत्वलाई यसरी ह्रासमेन्ट गर्नु न्यायसँगत नभएको उल्लेख गरेका छन् ।
“मेयर विहिन स्थितिमा कोरोना पोजेटिभ बिरामीको उपस्थितिले आम जनता आतंकित एवम् त्रसित अवस्थामा छ । या गम्भीर अवस्था निर्माणको जवाफदेहिता कसले लिने रु के नेपाल प्रहरी यस्तो विषयमा गम्भीर हुनुपर्दैन रु यसमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”– विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीको ध्यानाकर्षणसहित भनिएको छ, ूउपरोक्त घटनाहरु एउटा उदाहरण मात्र हुन् । अहिले कोरोना महामारीसंग देशमा कालोबजारी तथा झुठा मुद्दाको बिगबिगी नै चलेको छ । अपराधिक घटनामा पीडितहरुलाई नै दोषी बनाउने दुस्प्रयास हुँदैछ । घटना नै नभएपनि बनाबटी वरदात खडा गरेर भएपनि झुठा मुद्दा चलाउने जस्ता जंगली कार्यको अभ्यास हुन खोजिरहेको छ । तसर्थ यस्ता गलत कार्यलाई तुरुन्त रोक्न म सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।ू
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…