जनकपुरः करेन्ट लागेर खेतमै साँढेको मृत्यू
मृत साँढेलाई स्थानीयहरु विधिवत धार्मिक रुपमा माटोभित्र गाडिदिएका छन् ।

२०७७ बैशाख ४ बिहीबार, बेलुकी ७:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा खेतमा लगाइएको बिजुलीको नाँगो तारमा करेन्ट लागेर एक साँढेको मृत्यू भएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थित साँढेको जीउमा ओछयाइएको तार छोएपछि तत्कालै मृत्यू भएको हो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार, नीलगाई, बँदेलबाट बाली जोगाउन बालीलाई घेरा हाल्दै त्यसमा करेन्ट प्रवाह गरेको थियो ।
स्थानीय विजय साहले आफ्नो मकै बाली जोगाउनको लागि लगाएको तारबारको करेन्टमा साँढेको मृत्यू भएको जनाईएको छ ।
साँढेलाई त्यहाँका गाउँलेहरुले मिलेर किनेका थिए । गाई पालनकर्ताहरु, किसानहरुको लागि ब्रिड हेतु किनेर छाडिएको थियो ।
यता, खेत धनी साहले बाली बचाउनको लागि चारैतर्फबाट करेन्ट प्रवाह गरेको स्वीकारोक्ती गरेका छन् भने प्रहरीले साहलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही गर्ने जनाएको छ ।
मृत साँढेलाई स्थानीयहरु विधिवत धार्मिक रुपमा माटोभित्र गाडिदिएका छन् । साँढे मरेपछि स्थानीयहरुको आँखा रसाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…