प्रदेशसभा सदस्यहरू आफनै भाषामा लिए सपथ
जनकपुरधाम, ७ माघ । प्रतिनीधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका प्रदेश सभा सदस्यहरुले आ आफनै भाषामा सपथ खाएका छन् । आईतबार प्रदेश नं. २ को प्रदेश सभाका सदस्यहरुको सपथ ग्रहण समारोहमा निर्वाचित प्रदेश सभा सदस्यहरुले आ आफनै भाषामा सपथ ग्रहण गरेका हुन् । २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकप

२०७४ माघ ७ आइतबार, राति ११:३८ बजे१ मिनेट पढाइ
जनकपुरधाम, ७ माघ ।
प्रतिनीधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका प्रदेश सभा सदस्यहरुले आ आफनै भाषामा सपथ खाएका छन् ।
आईतबार प्रदेश नं. २ को प्रदेश सभाका सदस्यहरुको सपथ ग्रहण समारोहमा निर्वाचित प्रदेश सभा सदस्यहरुले आ आफनै भाषामा सपथ ग्रहण गरेका हुन् ।
२ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरमा सपथ ग्रहण गर्दै प्रदेश सभा सदस्यहरुले आ आफनै भाषाको सपथ पत्रमा हस्ताक्षर समेत गरेका हुन् ।
कतिपय सांसदहरुले नेपाली भाषाको शपथपत्रमा हस्ताक्षर नगर्ने भनेपछि नेपाली सहित मैथिली र भोजपुरी भाषाको सपथपत्रमा हस्ताक्षर गर्न दिइएको थियो ।
आईतबार दिउँसो जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा प्रदेश सदस्यहरुलाई पद तथा गोपनीयताको सपथग्रहण गराइएको हो ।
प्रदेश सभाका जेष्ठ सदस्य ललन लाल चौधरीलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सपथग्रहण गराएका हुन् ।
सपथ ग्रहण समारोहमा जेष्ठ सदस्य लगन लाल चौधरीले प्रदेशसभाका अन्य सदस्यहरुलाई पद तथा गोपनीयताको सपथग्रशण गराएका हुन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…