कोरोनाले बढदै डर, तनाव र एक्लोपना
मानिसहरुमा महामारीको बारेमा सामान्य डर र चिन्ता हुनु स्वभाविक नै हो।

२०७७ बैशाख ३ बुधबार, राति ९:१८ बजे२ मिनेट पढाइ
हो, अहिले विश्वमा कोरोनाको महामारी छ, नागरिकहरु आफ्नो ज्यानको लागि दिनरात कसरत गर्दैछ । कसरी बच्ने ?
मानिसका लागि माहौल नै पुरै बदलिएको छ । अचानक स्कूल, अफिस, बिजनेस बन्द भइसकेको अवस्था छ , बाहिर जान पर्दैन र दिनभर कोरोना भाइरसबारे खबर हेर्नुपर्ने बाध्यता पनि छ । सको असर मानसिक स्वास्थ्यमा पर्नु स्वभाविक हो ।
मानिसहरुलाई तनाव हुनुका ३ कारण छन् । जसमध्ये पहिलो कारण हो कोरोना भाइरसबाट संक्रमित हुने डर । दोश्रो हो, नोकरी वा कारोबारको अनिश्चितता र तेस्रो लकडाउनका कारण एक्लोपना ।
कोरोना भाइरसबाट बच्नका लागि नेपालको लकडाउन जारी छ । यो बैशाख १५ गतेसम्म रहने सरकारको घोषणा मार्फत निश्चित भएको छ । मानिसहरु घरमा नै बन्द भएका छन् र सबै थोक यथावत छ ।
यसबीच चिन्ता, डर, एक्लोपना र अनिश्चितताको माहौल बनेको छ । दिनरात मानिसहरु कोरोनाभाइरससँग जुधिरहेका छन्।
मुख्य रुपमा बालबालिका, बृद्ध–बृद्धा र दिर्घ रोगी । रोगीसंग प्रत्यक्ष सामना गर्ने व्यक्ति जस्तै डाक्टर र अन्य स्वास्थ्यकर्मी।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…