प्रदेश २ः कुटपिट गर्दै प्रहरीलाई नै बेहोस बनाएपछि...(भिडियो सहित)
कुनै कुनै ठाउँमा प्रहरीले आम नागरिक उपर ज्यादती समेत गर्ने गरेको देखिएको छ ।

२०७७ बैशाख ३ बुधबार, राति ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ को रौतहटमा आज (बुधबार) प्रहरी उपर कुटपिट गर्दै बेहोस बनाएपछि परिवारजनलाई पक्राउ गरिएको खवर प्राप्त भएको छ ।
यद्यपी यस घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले केही बोल्न चाहेको छैनन भने प्रत्यक्षदर्शीका अनुसार प्रहरीले कुटपिट गरेपछि प्रहरीलाई पनि कुटपिट गरिएको हो ।
यो घटना रौतहटको गौर नगरपालिका गौर को हो । आफनो घर अगाडी बाहिर उभिएर फोनमा कुरा गरिरहेको बेला डयुटीमा रहेका प्रहरीले स्थानीय शम्भु यादवको छोरालाई लाठी प्रहार गरेको थियो ।
लाठी प्रहार पश्चात आक्रोसित यादव परिवारले प्रहरी उपर पनि कुटपिट गरेको थियो । यादव परिवारको तीन जना मिलेर प्रहरी उपर कुटपिट गर्दा प्रहरी बेहोस भएको थियो ।
प्रहरी बेहोस भएपछि खवर पाएलगत्तै आएको प्रहरीको मोबाइल टोलीले यादवका छोरा उपर लाठी चार्ज गर्दै नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
यस बारे जिल्ला प्रहरी कार्यालय रौतहटमा सम्पर्क गर्न खोज्दा प्रहरी प्रवक्तासँग अधिकारीक जानकारी प्राप्त भएनन् । अहिले शम्भु यादव, उनकी श्रीमति र उनका छोरालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको जनाईएको छ ।
कुटपिट गरिएको प्रहरीको भने नाम खुल्न सकेको छैनन् । कोरोनाको महामारीमा सुरक्षाकर्मीहरु आफ्नो ज्यान जोखिममा राखेर आम नागरिकको सुरक्षामा खटेका छन् ।
कुनै कुनै ठाउँमा प्रहरीले आम नागरिक उपर ज्यादती समेत गर्ने गरेको देखिएको छ । बुधबारसम्म नेपालमा कोरोनाको १६ जना सँक्रमित देखिएको छ ।
आम नागरिकलाई घर भित्रै बस्नको लागि आग्रह गर्दै स्थानीय प्रशासनले लकडाउनको पालना गर्न अनुरोध समेत गरेको छ । घर बाहिर निस्केर डुल्नु अहिलेको लागि लकडाउनको उलंघनको रुपमा लिइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…